२०८१ बैशाख २२ , शनिवार

नेपालको उर्जा क्षेत्रका सात वटा आयोजनामा एडीबीको एक अर्ब ६ करोड ५० लाख अमेरिकी डलर लगानी

ADB

सुनाखरी न्युज/ काठमाडौं ।

एसियाली विकास बैंक (एडीबी) को लगानी  नेपालको जलविद्युत् क्षेत्रमा करिब साढे १ खर्ब रुपैयाँ पुगेको छ ।

उर्जा क्षेत्रका विभिन्न सात वटा आयोजनामा गरेर यही पुस १५ सम्म कुल एक अर्ब ६ करोड ५० लाख अमेरिकी डलर (करिब १ खर्ब ४२ अर्ब रुपैयाँ) स्वीकृत भइसकेको एडीबीले जनाएको छ ।

 

उक्त रकममध्ये करिब ४० मिलियन अमेरिकी डलर (करिब साढे ५ अर्ब रुपैयाँ) अनुदान र बाँकी सहुलियत ब्याजदरको ऋण रहेको छ । हालसम्म स्वीकृत लगानीमध्ये करिब ८५ प्रतिशतको ठेक्का लागिसकेको एडीबीले जनाएको छ ।