
सुनाखरी न्युज/ काठमाडौं ।
सरकारले ग्यास उद्योगी तीनै जिल्लाका जिल्ला प्रशासन कार्यालय र विक्रेता महासंघसँग समन्वय गरी ३१ असोजसम्म उपभोक्ताले जुनसुकै कम्पनीको खाली सिलिन्डर दिएर अर्को कम्पनीको भरिएको ग्यास लिन पाउने नियम बनाएको छ ।
काठमाडौं उपत्यकामा खाना पकाउने ग्यास अभाव नहोस् भनेर सरकारले आज बिहानदेखि ६ वटा फरक–फरक ठाउँबाट ग्यास वितरण तथा सिलिन्डर साट्ने व्यवस्था मिलाएको छ ।
नयाँ व्यवस्था अनुसार फरक ब्रान्डको सिलिन्डर साट्दा उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्दैन, केवल भरिएको ग्यासको तोकिएको मूल्यमात्र बुझाए पुग्छ ।
जुनसुकै ब्रान्डको ग्यास साटेर भरी सिलिन्डर किन्न पाइने भएपछि एक सिलिन्डर ग्यास पाउनकै लागि उपभोक्ता बिहानैदेखि लाइनमा लागेका छन् ।