२०८१ बैशाख २५ , मंगलबार

मृगको मासुसहित एक जना पक्राउ

arrested

 

सुनाखरी न्युज  / काठमाडौं ।

बर्दियामा मृगको मासु सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ गुलरिया नगरपालिका–१ छेदापुरका ३२ बर्षीय दिपचन्द्र कोरी रहेका छन्।

 

मृग जस्तो देखिने जनावरको ३ किलो २ सय ग्राम टाउको, खुट्टा र मासुसहित आरोपितको घरबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए।

 

जंगली जनावरको शिकार गरी ल्याउँदै गरेको छ भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोली उनलाई पक्राउ गरेको बताइएको छ।