२०८१ बैशाख २५ , मंगलबार

मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु

accident i

सुनाखरी न्युज/ धनगढी ।

मोटरसाइकल दुर्घटना हुँदा  कैलालीको मोहन्याल गाउँपालिकामा एक दम्पतीको मृत्यु भएको छ ।

जिल्लाको मोहन्याल गाउँपालिका–७ को कुइने(चिसापानी सडकखण्डअन्तर्गत पितमारीमा बुधबार साँझ दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो ।

 

अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका खकेन्द्र ढकाल र उनकी श्रीमती मैसराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरू सवार भे१३प १०७४ नम्बरको मोटरसाइकल साँझ ७ बजेतिर सडकबाट करिब दुई सय मिटर तल कर्णाली नदीमा खसेको थियो । उनीहरू अछामबाट बर्दियाको भुरीगाउँ जाने क्रममा दुर्घटनामा परेको हो । ढकाल दम्पतीका ई छोरा र एक छोरी छन् ।

 

नदीबाट उनीहरूको शव मोटरबोटको सहायताले निकालिएको थियो । मृतकको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।