
सुनाखरी न्युज / काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गर्न लागिएको ४२ मेगावाटको माथिल्लो मोदी ए जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ ।निर्माण अवधिको ब्याजसहित १० अर्ब ५७ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा ७० प्रतिशत ऋणबाट र ३० प्रतिशत स्वपूँजी (इक्विटी)बाट जुटाइएको छ ।
एनएमबी बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलेप्मेन्ट कम्पनीले (एचआइडिसिएल)सहवित्तीयकरणमार्फत आयोजनामा निर्माण अवधिको ब्याजसहित ७ अर्ब ४० करोड रुपैयाँ ऋण लगानी गर्नेछन् । कुल ऋणमध्ये एनएमबी बैंकको ४ अर्ब ४० करोड र एचआइडिसिएलको ३ अर्ब रुपैयाँ रहने छ ।ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेतको उपस्थितिमा सोमबार आयोजनाको प्रवद्र्धक मोदी जलविद्युत कम्पनी लि.,एनएएमबी बैैंक र एचआइडिसिएलबीच त्रिपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।
कार्यक्रममा मन्त्री बस्नेतले देशभित्र उत्पादित विद्युत् आन्तरिक रुपमै खपत अभिबृद्धि गर्ने र बचत भएको विद्युत्लाई भारत तथा बंगलादेशसम्म बिक्री गर्ने स्पष्ट मार्गनिर्देशसहित सरकारले काम गरिरहेको बताउनुभयो ।बिगतमा जलविद्युतलाई पूर्वाधारका रुपमा मात्र बुझ्दा विद्युत्को खपततर्फ ध्यान दिई यसको आर्थिक सम्भावनाका रुपमा बुझ्न नसकिएको उल्लेख गर्दै मन्त्री बस्नेतले १० वर्षमा १० हजार मेगावाट विद्युत् भारतीय बजारमा निर्यात सुनिश्चित बनेकाले अहिले उत्पादन तथा आन्तरिक खपतबृद्धि र निर्यातलाई विशेष ध्यान दिई कामहरु अगाडि बढाइएको बताउनुभयो ।
‘जलविद्युत आयोजनाहरुको उत्पादन अनुमतिपत्र (जेनेरेसन लाइसेन्स) लिएर वर्षौंसम्म सिन्को नभाँच्ने र विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गरेर ९÷१० वर्षसम्म एक प्रतिशतसम्म पनि काम नगर्ने अवस्था देखिएको छ, यस्तो अवस्थाको अन्त्य गर्न छिट्टै महत्वपूर्ण निर्णय गर्दै छौं’, उहाँले भन्नुभयो । ‘विद्युत् महसुललगायतमा राज्यले अन्यायपूर्ण व्यवहार गर्दैन, न्यायपूर्ण व्यवहार गर्दछ ।’ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव गोपाल सिग्देलले देशभित्र उत्पादित विद्युत् निर्यातका लागि नेपाल–भारतबीचका पूर्वाधार संरचनाहरुको थप विस्तार र सुदृढीकरणका लागि छलफल भइरहेको बताउनुभयो ।
प्राधिकरणका कार्यकारी निर्देशक एवम् मोदी जलविद्युत कम्पनीका अध्यक्ष कुलमान घिसिङले आगामी दिनमा नेपालको जलविद्युत विकासले ठूलो फड्को मार्ने अवस्था देखिएको बताउनुभयो । ‘प्राधिकरणमार्फत अब ३ डिजिट क्षमता भएका आयोजनाहरुबाट ४ डिजिट भएका आयोजनाको निर्माणमा अगाडि बढ्दैछ, सन् २०२४ भित्रमा १०६१ मेगावाटको माथिल्लो अरुण र ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन गर्ने गरी कामहरु भइरहेका छन्’, घिसिङले भन्नुभयो । ‘प्राधिकरण र त्यसका सहायक कम्पनीमार्फत झण्डै १६ हजार मेगावाटका आयोजनाहरु अध्ययन, निर्माण र लगानी जुटाएर निर्माणमा जाने चरणमा छन् ।’
एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अर्जुन गौतमले आयोजनाको निर्माण तोकिएकै समयमा सम्पन्न गरी सरकारी आयोजना समयमा बन्दैनन् भन्ने आम बुझाइलाई चिर्नु पर्नेमा जोड दिनुभयो । उहाँले सन् २०३५सम्ममा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारी लक्ष्यलाई पूरा गर्न आवश्यक पर्ने वित्तीय जोहो गर्न कम्पनी तयार रहेको बताउनुभयो ।एनएमबी बैंकका सिइओ सुनिल केसीले प्राधिकरणले अगाडी बढाएको आयोजनामा लगानी गर्न पाउनु निजी बैंकका लागि ऐतिहासिक अवसर र एउटा कोसेढुङ्गा भएको टिप्पणी गर्नुभयो ।
माथिल्लो मोदी ए जलविद्युत आयोजनाको निर्माण सुरु भएको ४ वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हालसम्म आयोजना निर्माण तयारीका कामहरु भइरहेका छन् । आयोजनाको प्योकज–१अन्गर्त सिभिल तथा हाइड्रोमेकानिकल काम गर्न बोलपत्र आहन गरी बोलपत्रदाताले पेश गरेको प्राविधिक प्रस्ताव मूल्याङ्कनको अन्तिम चरणमा छ । आयोजनाको साइट कार्यालय तथा आवसगृह निर्माण भइरहेको छ । निजी जग्गा अधिग्रहण तथा वन क्षेत्रको जग्गा प्रयोगको स्वीकृति भइसकेको छ । आयोजनाको निर्माण सुपरीवेक्षण परामर्शदाताका लागि एनइए इन्जिनियरिङ कम्पनसँग सम्झौता भइसकेको छ । कम्पनीले १८.२ मेगावाटको माथिल्लो मोदी जलविद्युत आयोजनाकोसमेत निर्माण गर्ने छ ।
माथिल्लो मोदी ए जलबिद्युत आयोजना (42 मे.वा.) र माथिल्लो मोदी ए जलबिद्युत आयोजना (18.2 मे.वा.)को अध्ययन, निर्मा०ा र संचालन गर्ने प्रमुख उ२ेश्यको लागि नेपाल बिद्युत प्राधिकर०ाको सहायक कम्पनीको रुपमा मोदी जलविद्युत कम्पनी लिमिटेड विधिवतरुपमा कम्पनी ऐन द्दण्टघ अनुसार मिति २०७३/ ११/२० मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई मिति २०७५/०३/२७ मा कम्पनीको नामबाट आर्थिक तथा प्रशासनिक कार्य गर्न स्वीकृत दिए वमोजिम यस कम्पनीले मिति २०७७/०६/०१ देखि कम्पनीको नामबाट आर्थिक तथा प्रशासनिक कार्य संचालन गरि आएको छ ।
कास्की जिल्लाको अन्नपूर्०ा गाउपालीका व८ा नं 10 र 11 मा पर्ने मोदी खोलाको जलश्रोतलाई उपयोग गरि निर्मा०ा हुने माथिल्लो मोदी जलबिद्युत आयोजनाको अनुमानित लागत निर्मा०ा अवधिको व्याज सहित रु 10,57,34,92,945.०० रहेको छ ।आयोजनाको वित्तिय व्यवस्थापनको लागि मोदी जलबिद्युत कम्पनी लिमि६े८ र एन एम बि बैंक लिमि६े८ साथै जलबिद्युत लगानी तथा बिकाश कम्पनी लिमि६े८ बिच मिती 2078/12/24 मा भएको Term Sheet for Facility Agreement अनुसार नै आजको यस ¥०ा सम्झौता हस्ताक्षर कायंक्रम सम्पन्न भएको छ ।
आयोजना निर्मा०ाको लागि निर्मा०ा अवधिको व्याज सहित ¥०ार स्वप¤ुजीको अनुपात ठण्ःघण् हुने५ । सो अनुसार एनएमबी वैंक र जलबिद्युत लगानी तथा बिकाश कम्पनी लिमि६े८ बा६निर्मा०ा अवधिको व्याज सहित क्रमशः रु 4,40,00,00,000.00 र 3,00,00,00,000.00 गरि जम्मा रु 7,400,000,000.00 ¥०ा लगानी हुने५ ।स्वपुजी लगानी नेपाल बिद्युत प्राधिकर०ा र सर्वसाधार०ाबा६ सेयर लगानीको रुपमा गरिने ५ ।यस आयोजनाको निर्मा०ा पश्चात देशमा आवस्यक उर्जाको आपूर्तिमा योगदान पुग्ने साथै स्थानीय श्रोत साधनको सदुपयोग भई समग्र देशको आर्थिक एवं सामाजिक बिकासमा समेत ६ेवा पुग्ने विस्वास गरिएको छ ।
आयोजना निर्मा०ा सुरु भएको द्ध बर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको छ। हालसम्म आयोजना निर्मा०ाको तयारीका लागि सम्पन्न गरिएका मुख्य मुख्य कार्यहरु देहाय बमोजिम रहेका छ।
. माथिल्लो मोदी ए ज.वि.आ. को Detail Engineering Designtyf Tender तथा documentबनाउने कार्य २०२० मा सम्पन्न भएको छ ।
. यस आयोजनाको कोEnvironmental Impact Assessment (EIA) स्वीकृत भैसकेको साथै आयोजनाको लागि आवस्यक पर्ने 132Kvप्रशार०ा लाईनको Initial Environmental Assessment (IEE) मिती 2080/०3/27 मा स्वीकृत भैसकेको छ ।
. यस आयोजनाको निर्मा०ा तथा संचालनको लागि आवस्यक Office तथा camp facility को निर्मा०ाको लागि मिती2077/08/28 मा ७केदार रविना महालक्ष्मी जे.भि. संग ७ेक्का सम्झौता भई निर्मा०ा कार्य चालु रहेको छ ।
. यस आयोजनाको को निर्मा०ाको लागि आवश्यकपर्नेकरिव द्दण्ठ रोपनी निजि जग्गाहरु अधिग्रह०ा भैसकेकोे छ ।
. आयोजनाकोे निर्मा०ाको लागि आवश्यकपर्ने करिव ज्ञढद्ध रोपनी अन्नपूर्०ा संरक्ष०ा क्षेत्रको जग्गाहरु लिजमा लिन तथा उक्त जग्गामा भएका रुखहरु का६ी ह६ाउनको लागि नेपाल सरकार बा६ स्वीकृती प्राप्त भैसकेको छ।
. यस आयोजनाकोे लागि मोदी जलबिद्युत कम्पनी लिमि६े८ र बिद्युत ब्यापार बिभाग, ने.बि.प्रा.बिच मिति 2080/03/11 मा बिद्युत खरिद बिक्री सम्झौता सम्पन्न भैसकेको छ ।
. माथिल्लो मोदी ए जलबिद्युत आयोजनाकोPackage-1, Civil and Hydromechanical work को निर्मा०ाको लागि 2080/03/31 मा बोलपत्र आह्वान गरिएको र निर्धारित समयभित्र चार व६ा वोलपत्रदाताले बोलपत्र पेश गरेकोमा उक्त वोलपत्रदाताका प्रबिधिक वोलपत्रहरु मिति2080/07/14 मा खोली प्राविधिक मूल्यांकनको कार्य अन्तिम चर०ामा रहेको छ।
. यस आयोजनाको निर्मा०ाको क्रममा Construction Supervision र Contract Managemnt कार्यको लागि परामर्शदाताको रुपमाNEA Engineering Company Limited संग मिति 2078/12/08 मा सम्झौता भैसकेको छ।