२०८३ जेठ १४ , बिहिवार

“सांग्रिला डेभलपमेन्ट बैंक लि. र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टर बिच स्वास्थ्य सम्झौता”

Capture

सुनाखरी न्युज/ काठमाडौं।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरबिच बैंककाग्राहक महानुभाव, बैंककाकर्मचारी तथा शेयरधनी महानुभावहरुलाई बिभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुखश्री रेवन्तश्रेष्ठर गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरको तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्री डा. रविन्द प्रसाद श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौता अनुसार गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरले बैंकका ग्राहक महानुभाव, बैंकका कर्मचारी, तथा शेयरधनी महानुभावहरुलाई विभिन्न किसिमका स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ सहज तरीका बाट प्रदानगर्नेछ । स्वास्थ चेक जाँचमाकर्मचारीतथा शेयरधनी महानुभावहरुलाई १५ प्रतिशत र बैंकका ग्राहक महानुभावहरुलाई १० प्रतिशत छुटका साथउपलब्ध गराइने व्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहक महानुभावहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।