२०८१ जेठ ६ , आइतवार

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ४ जना पक्राउ

arrested

सुनाखरी न्युज / काठमाडौं ।
कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन करिब ५ ग्रामसहित सोही उपमहानगरपालिका-१३ बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी त्रिनगरबाट प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्रामसहित बाँके खजुरा गाउँपालिका-२ बाबास्थान बस्ने २७ वर्षीय अनिल मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको भे.११ प ९५१५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

जुम्ला, चन्दनाथ नगरपालिका-५ बस्ने ३२ वर्षीय हिमाल कार्की समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ३० मिलिग्रामसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।