
सुनाखरी न्युज/ काठमाडौं ।
शुद्धोधन गाउँपालिका-३ दोगाना चोकमा लु.३२ प १००९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा चालक सोही गाउँपालिका-३ दोगाना बस्ने २५ वर्षीय प्रलाद थारूको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।