२०८१ जेठ २ , बुधवार

वरिष्ठ पत्रकार पोखरेलको अन्त्येष्टि

Gokul-1704122972

 

सुनाखरी न्युज  /काठमाडौं ।

वरिष्ठ पत्रकार एवं राष्ट्रिय समाचार समिति ९रासस० का पूर्वनिमित्त महाप्रबन्धक गोकुलप्रसाद पोखरेलको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँका छोरा अनुप पोखरेलले स्वर्गीय पत्रकार पोखरेलको पार्थिव शरीरमा दागबत्ती दिनुभएको थियो । दिवङ्गत पोखरेलका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ ।

 

पोखरेलको ८७ वर्षका उमेरमा सोमबार त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा सोमबार निधन भएको थियो । राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य, नेपाल प्रेस इन्स्टिच्युट ९एनपिआई० का संस्थापक महासचिव र दुई कार्यकाल अध्यक्ष हुनुभएका पोखरेल गोरखापत्र दैनिकका पूर्वसम्पादक र ‘मुना’ बाल मासिक ९बालपत्रिका० का संस्थापक प्रधानसम्पादक पनि हुनुहुन्थ्यो ।

 

गोरखापत्र संस्थानको राष्ट्रिय पत्रकारिता पुरस्कार प्राप्त पोखरेल पछिल्लो समयमा फोक्सोसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । पत्रकारितामा स्नातकोत्तर र अङ्ग्रेजी साहित्यमा पनि दखल राख्नुहुने पोखरेलले अस्पतालको शय्याबाटै काठमाडौँ उपत्यकामा वातावरण प्रदूषण वृद्धि हुँदा चिन्ता व्यक्त गर्दै यसका लागि जनचेतना जगाउन जोड दिनुभएको थियो । धनकुटाको कोचिण्डेमा विसं १९९३ मा जन्मनुभएका पोखरेल काठमाडौँ बस्दै आउनुभएको थियो ।
रासस