२०८१ जेठ २ , बुधवार

धोती दिवस मनाउने क्रममा माइतीघरमण्डलबाट सिके राउतसहित पक्राउ

CK-raut-2

सुनाखरी न्युज/ काठमाडौं ।

धोती दिवस मनाउने क्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतसहित माइतीघरमण्डलबाट पक्राउ परेका छन् ।

ब्यानरसहित धोती दिवस मनाउन माइतीघर पुगेकाहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले जनमतका अध्यक्ष राउत, सचिव बिपी साह लगायतलाई पनि पक्राउ गरेको छ । अहिले उनीहरुलाई पुलिस क्लबमा राखिएको छ ।

 

माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । उक्त क्षेत्रमा प्रदर्शन भएकाले प्रहरीले नियन्त्रणमा लिएको हो ।