२०८१ जेठ २ , बुधवार

न्युरोड युवा क्लबद्धारा विद्यार्थीलाई न्यानो स्वीटर वितरण

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
न्युरोड युवा क्लबले महेन्द्र उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो स्वीटर वितरण गरेको छ । उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ९ का अध्यक्ष दिपेन्द्र मर्सानीको उपस्थितिमा वितरण गरिएको थियो ।

यो चिसो मौसममा स्वीटरको खाँचोमा परेका २२ जना विद्यार्थीलाई न्युरोड युवा क्लबले वितरण गरेको क्लबका अध्यक्ष वंशद सिंह खवासले बताए ।

सरकारी विद्यालयका विद्यार्थीहरुको शैक्षिक जीवनमा योगदान पु¥याउन न्यूरोड युवा क्लबले निरन्तर रुपमा विभिन्न सरकारी विद्यालयमा काम गर्ने योजना बनाएको अध्यक्ष खवासले बताए ।