२०८१ जेठ २ , बुधवार

लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडमा रणनीतिक लगानी

Capture

सुनाखरी न्युज / काठमाडौं ।
लक्ष्मी क्यापिटलकोष प्रवर्द्धकरहेको लक्ष्मी सस्टेनेबल एनर्जी फण्ड(LSEF) ले यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडमा रणनीतिक लगानीको सुरुवातसँगै दिगो ऊर्जा पहलप्रतिको निरन्तर प्रतिबद्धतामा एउटा महत्वपूर्ण कदम चँल्नका साथै आफले संचालन गरेको प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्डको पहिलो लगानीको शुभारम्भ समेत गरेको छ ।

विशिष्टीकृत लगानी कोष नियमावली २०७५ अन्र्तगत प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कोष सञ्चालनगर्नको लागी इजाजतपत्र प्राप्त गर्ने पहिलो केही कम्पनीहरूमध्ये लक्ष्मी क्यापिटल एक हो। LSEF लक्ष्मी क्यापिटलको पहिलो प्राइभेट इक्विटी कोष हो।LSEF कोषको आकार रु १ अर्वको रहेको छ ।लक्ष्मी क्यापिटलप्राइभेट इक्विटी तथाभेन्चर क्यापिटल कोष संचालनगर्न स्वीकृतिप्राप्त गरी लगानी शुरूगर्ने पहिलो केहि मन्र्चेट बैक मध्ये एकहो । यो कोषले जलविद्युत, सौर्य र वायु ऊर्जा लगायत दिगो ऊर्जा क्षेत्रमा लगानी गर्नेछ ।

युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले माथिल्लो फवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माण अन्तिम चरणमा पुगीसकेको छ । ताप्लेजुङ जिल्लामा अवस्थित यस आयोजनाको उत्पादनक्षमता ५.८ मेगावाट छ । साथै कम्पनीसँग थप १५ मेगावाट (मध्य इङ्वाखोलाजलविद्युतआयोजना) को अर्को जलविद्युत आयोजनाको इजाजतपत्र समेत रहेको छ ।

जिम्मेवार लगानीको प्रतिवद्धताको थप प्रमाणको रूपमा, लक्ष्मी क्यापिटल Operating Principles for Impact Management (Impact Principles)को एक Signatoryसमेत हो । जसले प्रभावकारी लगानीबजारमा अनुशासन, पारदर्शिता र विश्वसनीयता प्रवर्द्धन गर्ने विश्वव्यापी समुदायमा योगदान पु¥याउँछ। Impact Principlessको पहिलो सचिवालयInternational Finance Corporation (IFC) अन्तर्गत रहेको छ ।