२०८१ बैशाख १७ , सोमवार

राष्ट्रिय गौरवका आयोजनामा दुई सिफ्टमा काम गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

prachanda-chhalfal-1024×533

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरव र राष्ट्रिय स्तरका प्रमुख पूर्वाधार आयोजनामा दुई सिफ्टमा काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री कार्यालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठ, मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित मन्त्रालयका उच्च अधिकारीसँग छलफल गर्दै बिहीबार उनले यस्तो निर्देशन दिएका हुन् ।

 

उनले दुई सिफ्टमा काम गर्ने व्यवस्थाको प्रक्रिया तत्काल अगाडि बढाउन निर्देशन दिए । प्रधानमन्त्रीले मंगलबार राष्ट्रका नाममा गरिएको सम्बोधन नेपाल सरकारको आगामी वर्षको मार्गचित्र भएको भन्दै त्यसको अक्षरस लागू गरिने समेत बताए ।

प्रधानमन्त्रीले निर्माणाधीन योजनाहरूको वस्तुगत विश्लेषण गरी समस्या पहिचान गर्ने र समाधानको विकल्पसहित तीव्र गतिमा निर्माणको लागि कार्ययोजना तयार गर्न समेत निर्देशन दिए ।