२०८१ जेठ २ , बुधवार

नेपाली काँग्रेस गण्डकी प्रदेशको प्रथम प्रदेश सम्मेलन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली काँग्रेस गण्डकी प्रदेशको प्रथम प्रदेश सम्मेलन यही पौष ३ र ४ गते सफलताका साथ सम्पन्न भएको छ । सम्मेलनमा भएका गतिविधि र निर्णयहरु सार्वजनिक गर्न यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।

नेपाली काँग्रेस गण्डकी प्रदेशको प्रथम एतिहासिक सम्मेलनको पहिलो सत्र नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति श्री शुक्रराज शर्माको सभापतित्वमा र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यता तथा केन्द्रीय नेताहरुको उपस्थितिमा भब्य समारोहका विच उद्घाटन सम्पन्न गरियो ।उद्घाटन समारोहमा गण्डकी प्रदेशका ११ जिल्लाका नेता तथा कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो । यसरी नै सम्मेलनको दोस्रो दिन पौष ४ गते जिल्ला÷जिल्लाबाट आएका प्रतिनिधिहरु सहभागी रहेको बन्दसत्र सम्पन्न गरियो ।

यस बन्द सत्रमा नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माबाट अवधारणा पत्र र नेपाली काँग्रेस, गण्डकी प्रदेशका महामन्त्रीहरु श्री किरणवावु श्रेष्ठबाट संगठनात्मक प्रतिवेदन, श्री विष्णुप्रसाद लामिछानेबाट राजनीतिक प्रतिवेदन र कोषाध्यक्ष श्री बसन्तकुमार श्रेष्ठबाट आर्थिक प्र्रतिवेदन प्रस्तुत गरियो । यि अवधारणा पत्र र प्रतिवेदनहरु उपर व्यापक छलफल गरियो र छलफलका क्रममा प्राप्त सुझावहरुलाई संशोधन गर्ने गरी यसलाई सर्बसम्मत रुपमा पारित गर्ने निर्णय गरियो । यि सबै प्रतिवेदनहरु नेपाली काँग्रेस गण्डकी प्रदेशको सम्पत्ति बनेको छ ।

सहभागी प्रतिनिधिहरुले केही समसामयिक राजनीति र संगठनको विषयमा प्रस्तुत गर्नुभएको सुझावहरुलाई सम्बन्धित निकायहरु मार्फत कार्यान्यवयन गरिने प्रतिवद्धता गरिएको छ । प्रतिवेदनहरुमा उल्लेख गरिएको नेपालको संविधानमा गर्नुपर्ने संशोधन र पार्टीको विधानमा गर्नुपर्ने संशोधनलाई साथै अन्य प्रस्तावहरुलाई निकट भविष्यमा नै हुने महासमिति वैठक र केन्द्रमा प्रस्तुत गरिनेछ ।

प्रस्तावमा प्रस्तुत गरिएका गर्ने केही महत्वपूर्ण बुँदाहरु जानकारीका लागि निम्नानुसार उल्लेख गरिएका छन् ।

. केन्द्रीय सदस्यहरु पदावधि समाप्त भएपछि एक पटकका लागि स्वतः महाधिवेशन प्रतिनिधि हुने वर्तमान विधानको     धारा खारेज गरी वडा तहबाट नै निर्वाचनमा भाग लिने व्यवस्था गर्ने,
. संविधानमा व्यवस्था गरिएको समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली खारेज गरिनुपर्ने,
. पार्टीको विधानमा भएको लोकतन्त्रको ठाउँमा प्रजातन्त्र लेखी संशोधन गरिनुुपर्ने,
. नैतिक शिक्षा, निःशुल्क स्वास्थ्य, भ्रष्टचारको अन्त्य र रोजगारी तथा सुशासनलाई पहिलो प्रथमिकता पाउनुपर्ने,
. क्रियाशिल सदस्यको वितरणलाई सरलीकरण गर्ने, पार्टीमा रहेको बहुपदिय पदाधिकारी व्यवस्थालाई खारेज गर्ने,
. प्रदेश समितिलाई अधिकार सम्पन्न बनाउँदै लैजानु पर्ने, प्रदेश संरचनाका टिकट प्रदेश समितिबाट वितरण हुनुपर्ने,
. प्रधानमन्त्री एकै व्यक्ति दुईपटक भन्दा बढी हुन नहुने व्यवस्था मिलाउने,
. व्यवसायिक, वैज्ञानिक र नैतिक शिक्षा प्रणाली लागु गरी देशमा उद्योग, उत्पादन र रोजगारीको ग्यारेण्टी गराई युवाहरुलाई रोजगारको साथै विदेश पलायन हुनबाट रोक्ने,
. आफ्नै कार्यालय भवन निर्माण गर्ने, पार्टीलाई प्रविधिमैत्री बनाई काँग्रेसका कार्यकर्तालाई अनुशासित एवम् विचार    प्रधान बनाउने र पार्टीलाई नीति नियमअनुसार सञ्चालन गर्ने,
. प्रशिक्षण कार्यक्रम गरी पार्टी भित्र मुल्याङ्कन पद्धती, गुटबन्दीको अन्त्य गर्न इमान्दार र क्षमतावान कार्यकर्तालाई       जिम्मेवारीमा राख्ने,
. राष्ट्रिय मुलधारमा सबैको पहुँच पु¥याउन पार्टी भित्र सबै वर्ग र समुदायलाई प्रशिक्षण क्रियाशिलता र प्रतिनिधिहरु     मुलुक बनाउने व्यवस्था गर्ने,
. पार्टीको साख बचाई राख्न राष्ट्रिय, प्रादेशिक र स्थानीय निर्वाचनमा गठबन्धन गर्न नहुने,
. नेपाली काँग्रेसबाट सरकारमा रहँदा वा नरहँदा भएका सबै प्रकारका गल्ती, कमजोरीको आत्माआलोचना गर्दै त्यस्ता गल्ती नदोहो¥याउने, सत्ता र शक्तिमा वा लाभको पदमा सधैभरी सिमित मान्छेको हावी भएको परिस्थितिलाई अन्त्य गरी निश्चित मापदण्ड वनाइ वैज्ञानिक प्रणाली लागु गर्नुपर्ने,
. प्रदेश सभापातिहरुको मर्यादाक्रमलाई केन्द्रीय पदाधिकारीसँगै राख्नुपर्ने र पार्टी भित्रको सबै तहमा प्रोटोकलको व्यवस्था गर्नुपर्ने,
. निर्वाचित जनप्रतिनिधि र पार्टी विचको सम्बन्धलाई प्रगाढ बनाउनुपर्ने र पार्टीको निर्देशनअनुसार पार्टीबाट निर्वाचित जनप्रतिनिधि पार्टीप्रति पनि उत्तरदायित्व बनाउनुपर्ने,
. पार्टी, पर्व र तिथि मितिहरुलाई व्यवस्थित रुपमा मनाउने र कार्यान्वयनमा ल्याउने,
. निर्वाचन क्षेत्र प्रदेश सभाका सभापतिहरुलाई महाधिवेशन प्रतिनिधि सरह मान्यता दिनुपर्ने, र प्रदेश प्रतिनिधिहरुलाई मात्र प्रदेश कार्यसमितिमा उम्मेदवार बन्न पाउने व्यक्त मिलाउनुपर्ने,
. नेपालको संविधानमा रहेको धर्म निरपेक्षको ठाउँमा बैदिक सनातन, धार्मिक स्वतन्त्रता राख्ने गरी संविधान संशोधनमा नेपाली काँग्रेसले नेतृत्व लिनुपर्ने ।
. गण्डकी प्रदेशसभाबाट पारित यो अवधारणापत्रलाई नेपाली काँग्रेसको सञ्चित सम्पत्तिका रुपमा ग्रहण गरी देशभर लागुु गराउने गरी विधानमा व्यवस्था मिलाउन केन्द्रीय कार्यसमिति समक्ष अनुरोध गरी पठाएका छौं ।