२०८३ श्रावण ३० , शनिवार

एनसीएचएलको १५औं वार्षिकोत्सव सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं।
नेपालक्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो १५औं वार्षिकोत्सव ८ पौष, २०८०मा श्रीमान गभर्नर श्री महाप्रसाद अधिकारीज्यूको प्रमुख आतित्थमा डेपुटी गभर्नर श्रीमतीडा.नीलम ढुंगाना तिमसिनाज्यू, नेपाल बैंकर्स संघर डेभलपमेन्ट बैंकर्स संघका अध्यक्षज्यूहरु तथा नेपालवित्तीय संस्था संघका फस्ट भाइस प्रसिडेन्टज्यू, नेपाल राष्ट्र बैंककावरिष्ठ अधिकारीज्यूहरु, नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधिज्यूहरु, बैंक तथा वित्तीय संस्थाहरु, पीएसपी, पीएस ओका प्रमुखज्यूहरु, एनसीएचलका पूर्व अध्यक्षज्यूहरु तथा निवर्तमान सञ्चालकज्यूहरु, वर्तमान अध्यक्षज्यूहरु र सञ्चालकज्यूहरु तथा कर्मचारीहरुको उपस्थितिमा होटल अलफ्ट काठमाडौंमा औपचारिक कार्यक्रम आयोजना गरी मनाएको थियो ।

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुको नेतृत्वमा८पौष, २०६५मा एनसीएचएल नेपालमा विभिन्न राष्ट्रिय भुक्तानी, क्लियरिङ र सेटलमेन्ट प्रणालीहरु स्थापना गर्न सञ्चालनमा आएको थियो । एनसीएचएल पब्लिक फाइभट पार्टनर सिपमोडेल को अवधारणमा नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु तथा एससीटीको रु.९ करोडभन्दा कमको पूँजीबाट शुरु भएको हो ।

एनसीएचएलले प्रारम्भिक दिनमा म्यानुअल चेक क्लियरिङ डिजिटाइज गर्न NCHL–ECC को शुरुवात गरेर पछिनेपाल राष्ट्र बैंकको रणनीति अनुसार आधुनिक डिजिटल भुक्तानी प्रणालीहरू सञ्चालनमा ल्याएको छ । विगत १५ वषको यात्रामा, एनसीएचएलले ]NCHL-ECC, NCHL-IPS, Retail Payment Switch, connectIPS, CORPORATEPAY, connectRTGS, National Payments Interface (NPI) र NEPALPAY QR च्कार्यान्वयन र सञ्चालन गर्दै आइरहेको छ । हालनेशनल पेमेन्ट स्विच(एनपीएस) अन्तर्गतनेशनलकार्ड स्विच र NEPALPAY डोमेस्टिक कार्ड योजना कार्यान्वयन गर्ने क्रममा रहेको छ।

वार्षिकोत्सव कार्यक्रममा एनसीएचएलले १० वर्षभन्दा बढी समयदेखि कम्पनीमा कार्यारत आफ्ना सात कर्मचारीहरूलाई उनीहरूको एनसीएचलएलप्रतिको समर्पणको लागि“लंग सर्भिस अवार्ड”प्रदान गरेको छ। श्री मानगभर्नर महाप्रसाद अधिकारी र एनसीएचएलका अध्यक्षश्री रामु पौडेलले उक्त अवार्ड हस्तान्तरण गर्नुभएको थियो ।

एनसीएचएलले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र प्राविधिक सदस्यहरूबाट पछिल्लो तीन आर्थिक वर्षमा सबैभन्दा बढी डिजिटल कारोबार प्रशोधन गरेकोमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड, गुडविल फाइनान्स लिमिटेड र खल्तीप्राइभेट लिमिटेडलाई “हाइएस्ट डिजिटल ट्रान्जेक्शन” अवार्ड प्रदानगरी सम्मान गरिएको थियो। त्यसैगरी, नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रक कार्यालयलाई एनसीएचएल प्रणाली मार्फत सरकारी कारोबारलाई डिजिटलाइजेसन गर्न खेलेको विशेष भुमिकालाई सम्मान गर्दै विशेष अवार्डप्रदानगरिएको थियो।

कार्यक्रममा एनसीएचएल र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) को मर्जर तथा एक्विजिसनगर्नको लागि समझदारीपत्र आदानप्रदान भएको घोषणा समेत गरिएको थियो । दुवै कम्पनी कामर्जर तथा प्राप्ति समिति संयोजकदोय र प्रमुखकार्यकारी अधिकृतज्यूहरुको उपस्थितिमा उक्त समझदारी पत्र आदानप्रदान गरिएको थियो ।

एनसीएचएल नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको इजाजतप्राप्त संस्थाहो ।। यसको सञ्जालमा प्रत्यक्ष सदस्यका रूपमा ५३ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू र प्राविधिक सदस्यका रूपमा ९५ भन्दा गैर–बैंक संस्थाहरू छन् । एनसीएचएलको प्रणालीहरुबाट रकमको आधारमा नेपालको ८५ प्रतिशतभन्दा बढी खुद्रानन–क्यास कारोबारहरू प्रशोधन भइरहेका छन् ।

थप जानकारीका लागिःwww.nchl.com.npमा जानुहोस् ।