२०८३ श्रावण ३० , शनिवार

प्रभु क्यापिटलका हितग्राहीलार्इ रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्समा छुटअफर

Capture

सुनाखरी न्युज / काठमाडौँ ।
प्रभु क्यापिटल लिमिटेडले आपm्ना हितग्राही ग्राहकको लागि विशेषअफर ल्याएको छ । प्रभु क्यापिटल लिमिटेड र रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्स बीचमा तीनबर्षका लागिमिति ८ पुष २०८० का दिन सम्झौता भएको हो ।उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्री आशिष गौचन तथा रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्सकोतर्फबाट प्रबन्ध निर्देशक श्री प्रकाश थापाले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका ग्राहकहरुले रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्स(RR Travels) ले दिने सेवामा आर्कषक छुट अफर पाउने भएका छन् । काठमाडौको उत्तरढोका (२, स्थित लाजिम्पाटमा रहेको यस संस्थाबाट आन्तरिक माउन्टेन फ्लाईट बुकिङ्घमा १५ प्रतिशत तथा विभिन्न अन्तर्राष्ट्रिय फ्लाईटहरूमा १० प्रतिशत विशेष छूट अफर पाउने भएका छन् ।

यो अफरबाट लाभ लिनप्रभु क्यापिटलका हित ग्राहीग्राहकहहरूले प्रभु क्यापिटलमा डिम्याट खाता रहेको आधिकारिक प्रमाण (DematConfirmation) प्रस्तुत गर्नुपर्नेछ जसको आधारमाटुर्स एण्ड भल्स(RRTravels) लेग्राहकलाईविशेष छुट दिनेछन् ।प्रभु क्यापिटल लिमिटेड मर्चेन्ट बैंकमा अग्रणी क्यापिटल हो।

जसले समयानुसारको प्रविधि अपनाउँदै आफ्ना ग्राहकहरुलाई मर्चेन्ट सेवादिने, पूँजीबजारसँग सम्बन्धित सचेतना तथा तालिम कार्यक्रम गर्ने,आफ्ना productतथा लगानी योजनासंगै सामाजिक उत्तरदायित्व वहन साथै यस्ता व्यवसायिक सम्झौता मार्फत आफ्ना ग्राहकलाई अतिरिक्त सेवा सुविधा दिदैं आईरहेको छ । प्रभु क्यापिटलमा हितग्राहीखाता -Demat Account) खोल्ने सुविधाप्रभु बैंकको जुनसुकै शाखाहरुबाट पनि उपलब्ध हुनेछ ।