२०८१ बैशाख १६ , आइतवार

राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा छ जना न्यायाधीश नियुक्त

Capture

सुनाखरी न्युज / काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा छ जना न्यायाधीश नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले आज नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपतिले न्याय परिषद्को सिफारिसमा छ जना न्यायाधीशलाई नियुक्त गर्नुभएको हो ।

सर्वोच्चमा नियुक्त हुनुभएका न्यायाधीशहरूमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकाल हुनुहुन्छ ।

नवनियुक्त न्यायाधीहरूमध्ये सुवेदी, मुलसमान, शर्मा र ढुङ्गाना उच्च अदालतमा कार्यरत हुनुहुन्थ्यो भने पोखरेल र ढकाल वरिष्ठ अधिवक्ता हुनुहुन्थ्यो । यसअघि आजै संसदीय सुनुवाइ समितिले उहाँहरुको नाम अनुमोदन गरेको थियो । रासस