२०८३ श्रावण २९ , शुक्रवार

नेकपा एसको सचिवालय बैठक सुरु

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक काठमाडौँमा सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघि बैठक सुरु भएको हो ।

आजको बैठकमा विधान संशोधन मस्यौदामाथि छलफल हुने सो पार्टीका महासचिव घनश्याम भुसालले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार बैठक आज र भोलि सञ्चालन हुनेछ ।

\गएको मङ्सिर २८ र २९ का लागि तय भएको उक्त बैठक नेताहरुको व्यस्तताका कारण पुस २ र ३ गते अर्थात् आज र भोलि बस्नेगरी सारिएको थियो । रासस