बाजुरामा आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा।लोकविजय अधिकारीले दिएको जानकारी अनुसार बाजुराको कोल्टी आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ६ बजेर ५२ मिनेटमा ३ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो ।
बाजुरामा गत वर्षको माघ १० गते ५।९ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पले बाजुरामा मानवीयसँगै ठूलो भौतिक क्षति भएको थियो।