२०८१ बैशाख १६ , आइतवार

आज काठमाडौंका यी ठाउँमा ४ घण्टा विद्युत सेवा बन्द हुने

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौंका केही ठाउँमा आज चार घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म केही ठाउँमा विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको छ ।

 

टेकुमा रहेको सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले विद्युत् आपूर्ति बन्द हुन लागेको हो ।

प्राधिकरणका लागि आज स्वास्थ्य सेवा विभाग परिसर, भीमसेनस्थान, रामघाट, मरुहिटी, ढोकाटोल, क्षेत्रपाटी चोक, ढल्को, ब्रम्हटोल, जैसीदेवल चोकसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।