२०८१ बैशाख २८ , शुक्रवार

मर्जर र एफपीओको कर विवादको मुद्दा बैंकहरुले हारे, मंसिर भित्रै कर तिर्नुपर्ने

sarbacho

सुनाखरी न्युज/ काठमाडौं ।

बैंकहरुले मर्जर तथा प्राप्तीको बार्गेन पर्चेज गेनमा कर तिर्नु पर्ने भएको छ । यस्तै एफपीओको प्रिमियमबाट बोनस सेयर दिएको भए त्यसलाई पनि आय मानेर कर तिर्नुपर्ने भएको छ । यस्तो कर बैंकहरूले मंसिर मसान्तभित्रै अर्थात दुई दिनभित्रै तिर्नुपर्ने छ ।

 

सरकारले आर्थिक वर्ष २०८०-८१ को आर्थिक विधेयक मार्फत मर्जर तथा प्राप्तीको बार्गेन पर्चेज गेन र एफपीओको प्रिमियबाट बोनस सेयर जारी गरेको भए आयकर दाखिला गर्नुपर्ने वयवस्था गरेको थियो ।

सरकारले पूँजीमा कर लिन खोजेको भन्दै सरकारविरुद्ध बैंकहरुको तर्फबाट परेको रिट अदालतले खारेज गरेको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले बिहीबार उक्त रिट खारेज गरेको हो ।

 

गत १५ जेठमा अर्थमन्त्री डा। प्रकाशशरण महतले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आर्थिक विधेयकमा यससम्बन्धी कर असुल गर्नुपर्ने उल्लेख गरेका थिए ।

मंसिरसम्म मर्जर तथा एक्विजिसनको बार्गेन पर्चेज गेनलाई आय मानी कर दाखिला नभएको भए २०८० मंसिर मसान्तभित्र कर दाखिला गर्दा लाग्ने शुल्क तथा ब्याज छुट दिने विद्येयकमा उल्लेख थियो ।