२०८१ बैशाख २८ , शुक्रवार

बढ्यो जाडो, काठमाडौंमा आजको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस

weither

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस पुगेको छ । यो यस वर्षको अहिलेसम्मकै कम तापक्रम हो । आगामी दिनमा जाडो झन् बढ्ने सम्भावना रहेकाले चिसोबाट हुनसक्ने असरबाट बच्नका लागि सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।

 

आगामी दिनमा न्यूतम तापक्रम अझै घट्ने र जाडो बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

महाशाखाका मौसमविद सरोज पुडासैनीले आज बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन भएको र यो यस वर्षको अहिलेसम्मकै कम तापक्रम भएको जानकारी दिए । ‘केही दिनयता न्यूनतम तापक्रम घट्दै गइरहेको छ,’ मौसमविद पुडासैनीले भने, ‘तापक्रम अझै घट्ने र जाडो बढ्ने सम्भावना छ ।’

आज दिउँसो भने काठमाडौंको न्यूनतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहने पूर्वानुमान छ ।

 

 

 

हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ । साथै गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ । तराई मधेशमा पनि मौसम सामान्यता सफा छ । पूर्वी, मध्य र पश्चिम तराईका केही स्थानमा आज बिहान हुस्सु–कुहिरो लागे पनि त्यो क्रमशः हट्दै गइरहेको छ ।