२०८१ जेठ ५ , शनिवार

आकाशे पुल निर्माण अनिश्चित

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
बाँकेको नेपालगञ्ज–कोहलपुर रत्न राजमार्गका पाँच ठाउँमा आकाशे पूल निर्माणको ठेक्का सम्झौता भएको छ । तर सडक विभागले निर्माणादेश नदिएका कारण सम्झौताअनुरूप आकाशे पूल निर्माण तीव्र गतिमा अघि बढ्न सकेको छैन ।

निर्माणका लागि सम्झौता भएको १३ महिना विते पनि निर्माण व्यवसायीले सम्झौताअनुरूप काम गर्न पाएका छैनन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले डिजाइन स्वीकृत नगर्दा आकाशे पूल निर्माण कार्यमा ढिलाइ भएको हो ।

सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख नीरज शाक्यले पुलको ‘डिजाइन रिभ्यु’का लागि विभागको पुल महाशाखामा पठाएको बताउनुभयो । “फाइल पुल महाशाखामा थन्किएको छ । कहिले स्वीकृत हुन्छ यकिन छैन”, उहाँले भन्नुभयो । आकाशे पुल निर्माणका लागि २०७९ कात्तिकमा चितवनको भरतपुरस्ति डाइनामिक कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भएको थियो । प्रमुख शाक्यका अनुसार १५ महिनामामै काम सक्ने सहमति भएको छ । तर १३ महिना वित्दापनि सम्झौता कार्यान्वयन हुनसकेको छैन।  रासस