२०८१ बैशाख १७ , सोमवार

राहुघाट जलविद्युत् आयोजनाको निर्माण प्रभावित, समस्या समाधान गर्न पहल गर्छु : ऊर्जामन्त्री

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणा धीन ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाले ढुङ्गागिट्टी, बालुवा उत्खनन् गर्न नपाउँदा निर्माण प्रभावित भएको छ । आयोजनाको स्वीकृति प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदनमा उल्लेखित स्थानबाट झिक्नन पाउँदा ढुङ्गा गिट्टी, बालुवाको अभावमा निर्माण नै रोकिने अवस्था देखिएको छ । निर्माणका लागि आवश्यक नदीजन्य सामग्री कालीगण्डकी नदीबाट झिक्ने गरी आईईइ मार्फत स्थानहरुको तय गरिएको थियो ।

सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको २९ असार २०७८को एकलइजलासले कालीगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा वातावरणीय महत्वको देखिएकाले रिटको अन्तिम टुङ्गो नलागेसम्म उक्त नदीको प्राकृतिक बवावलाई पथान्तरण गरी जलाशय बनाउने, प्रदूषणगर्ने, नदीजन्य पदार्थहरु निकाल्ने, शालिग्रामको चोरी निकासी तथा विनास गर्ने लगायतका प्राकृतिक बहाव र पर्यापरण प्रतिकूल हुने गरी कुनै पनि कार्यहरु नगर्नू नगराउनू भनी अन्तरिम आदेश जारी गरेको थियो ।अनुगमनमा निर्माण स्थलमा शनिबार पुग्नु भएका ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री शक्तिबहादुर बस्नेत, नेपाल विद्युतप्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके सम्मिलित टोलीलाई आयोजनाव्यवस्थापन र ठेकेदार कम्पनीहरुले सर्वोच्च अदाललको अन्तरिम आदेशका कारण नदीजन्य सामग्री नदीबाट झिक्न रोक लागेपछि त्यसको अभावमा निर्माणमा असर परिरहेको जानकारी गराएका छन् ।

मन्त्री बस्नेतले आयोजनाको पछिल्लो समयमा निर्माण प्रगति सन्तोषजनक नै रहेको बताउँदै नदीजन्य सामाग्री उत्खनन्मा देखिएको समस्या समाधान गर्न माथिल्लो तहबाट आवश्यक पहल, समन्वय र सहजीकरण गरिने बताउनुभयो । मन्त्री वस्नेतले आयोजनाको निर्माण निर्धारित समयमा सम्पन्न गर्न निर्देशन समेत दिनुभयो । ठेकेदार कम्पनीहरुले हालको ढुङ्गा, गिट्टी, बालुवा जस्ता नदीजन्य निर्माण सामग्रीहरुको अभाव हटेमा आगामी १५ महिना भित्रमा निर्माण प्रतिबद्धता जनाएका छन् । आयोजनाको समग्र भौतिकप्रगति ६५ प्रतिशत छ । बाँध, मुख्य सुरुङ, विद्युत्गृहलगायतका संरचनाहरुको निर्माण भइरहेको छ । ६.३ किलोमिटर मुख्य सुरुङमध्ये ५.६ किलोमिटर खनिसकिएको छ ।सुरुङलाई पूर्ण रुपमाकंक्रिटलाइनिङ गर्नु पर्ने छ । विद्युतृगृहको सिभिलनिर्माणकार्यसँगै उपकरणहरु जडानपनिभइरहेको छ ।

कंक्रिट लाइनिङ, बाँधक्षेत्रका संरचनाहरु निर्माणका लागि करिब साढे एक लाखघनमिटर ढुङ्गा, गिट्टी, बालुवा आवश्यक पर्छ । तर, अहिले करिब १० घन मिटर प्राप्त गर्ने ठाउँ मात्र उपलब्ध रहेको आयोजनाको प्रवर्धक कम्पनी रघुगंगाहाइड्रोपावर लि.का प्रबन्ध–सञ्चालकमनोज केसीले बताउनुभयो । ‘बेनी नगरपालिकाले म्याग्दी खोलामा नदीजन्य सामग्री उत्खनन्का लागि टेण्डर आह्वान गरेको थियो, त्यसमा सहभागीभई १० हजार घनमिटर प्राप्तहुने ठाउँप्राप्त गर्यौं, यसैले पुग्दैन, नदीजन्य निर्माण सामग्री अभावमा काम नै प्रभावितहुने अवस्था आया, समस्या समाधान गर्न माथिल्लो तहबाटै पहल गरिदिनु पर्यो ।’संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसदहरुबाट करिब डेढ वर्षअघिआयोजनाको स्थल गत अनुगमन भ्रमण गरी नदीजन्य निर्माण सामाग्री अभावमा आयोजना ढिला हुँदा यसको लागत बढ्ने निश्कर्ष निकालको थियो ।

समितिले नदी संरक्षणमा हानी नपुर्याई नदीजन्य पदार्थ निकाल्न सरकारले अन्तरिम आदेश सच्याउन सर्वोच्च अदालत समक्ष पुनरावलोकन गर्न उपयुक्त हुने सिफारिस गरेको थियो ।नेपाल सरकार, नेपालविद्युतप्राधिकरणको लगानी र भारतीय निर्यात आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा प्राधिकरणको पूर्ण स्वामित्वको रघुगंगा हाइड्रोपावर लि.मार्फत आयोजनाको निर्माणभइरहेको छ । ८ करोड १९ लाख अमेरिकीडलर अनुमानित लागत रहेको आयोजनामा भारतीय एक्जिम बैंकको ६ करोड ७० लाखडलर सहुलितपूर्ण ऋण रहेको छ ।दैनिक ६ घण्टापिकिङ गर्न मिल्ने आयोजना बाट वार्षिक रुपमा २४ करोड ७९ लाख युनिट विद्युत् उत्पादनहुने छ ।

सिभिल संरचना र हाइड्रो मेकानिकलका कामहरु इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी)ढाँचा जयप्रकाश एसोसिएटस् लि.,भारतले, इलेक्ट्रोमेकानिकलका कार्यहरु भारत हेभ्वी इलेक्ट्रिकल लि.ले र निर्माण सुपरीवेक्षण वाप्कोस् लि, भारतले गरिरहेका छन् ।