२०८१ बैशाख १७ , सोमवार

विद्युत उत्पादन घट्यो, भारतबाट ल्याउन थालियो बिजुली

electricity line

सुनाखरी न्युज/ काठमाडौं ।
ले ७ महिनामा १५ अर्ब २३ करोड ८० लाख रुपैयाँको १ अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् भारत निर्यात गरेको छ । देशभित्र खपत गरी बचत भएको बर्खार्यामको विद्युत् गत २८ जेठबाट प्राधिकरणले भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।

 

सुक्खायाम सुरु भएसँगै खोला तथा नदीमा पानीको बहाव घटेको छ । जसका कारण जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन घट्न थालेको छ । जाडो बढेसँगै आन्तरिक माग वृद्धि भएपछि त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट विद्युत् आयात सुरु भइसकेको छ ।

अहिले दैनिक विद्युत्को अधिकतम माग १ हजार ७ सय मेगावाट हाराहारी रहेको र त्यसलाई पूर्ति गर्न आन्तरिक उत्पादनले नधान्ने हुँदा थोरै परिमाणमा विद्युत् आयात सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘अहिले विद्युत् उत्पादन र माग करिब करिब बराबर छ, हाम्रा अर्धजलाशययुक्त विद्युत् गृहमा दिउँसो र राति पानी जम्मा गरी साँझ र बिहानको पिक आवरमा चलाइरहेका छौं,’ घिसिङले भने, ‘पिक आवरमा आयात गर्दा विद्युत्को दर महँगो पर्छ ।

दिउँसो र रातिको दर सस्तो पर्छ । त्यसैले देशभित्रका अर्धजलाशययुक्त आयोजनामा दिउँसो र राति पानी जम्मा गरी उक्त समयमा सस्तो दरमा पाइने भएकाले थोरै परिमाणमा आयात सुरु गरिएको हो ।’ चैत र वैशाखमा विद्युत् आयातको परिणाम केही बढे तापनि तर यस वर्ष आयातभन्दा निर्यात बढी भई खुद निर्यातकर्ता बन्ने अवस्था प्रक्षेपण गरिएको घिसिङले बताए ।