२०८३ श्रावण २९ , शुक्रवार

विन्ध्यवासिनी माध्यमिक विद्यालयमा विद्यार्थीलाई बधाई सहित सम्मान

Capture

शिशिर/ पोखरा ।
पोखराको वाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयले विद्यालयका मेधावी विद्यार्थीलाई बधाई सहित सम्मान गरेको छ ।

विद्यालयमा दश जोड दुइ अध्ययन गरेर चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्व विद्यालय, पोखरा विश्वविद्यालय, कृषि तथा वनविद्यालयवाट यस शैक्षिक सत्रमा उत्कृष्ट नतिजा सहित नाम निकाल्न सफल १९ जना विद्याथी मध्य ७ जनालाई विहीवार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।उनीहरुलाई पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना, विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरुदत्त भट्टराई, शिक्षक अभिभावक संघका अध्यक्ष भीमप्रसाद पौडेल, विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, सहायक प्रधानाध्यापक राम वहादुर वानियाँ लगायतले नगद सहित बधाइृ पत्र हस्तान्तरण गरी सम्मान गर्नुभयो ।

उत्कृष्ट विद्याथीलाई उनीहरुको अध्ययनमा लाग्ने कुल रकमको दुई दशमलव पाँच प्रतिशत रकम विद्यालयले व्यहोरेको विज्ञान संकायका ईन्चार्ज सुशिल देवकोटाले जानकारी दिनुभयो ।सम्मानित विद्यार्थी मध्य निशान पौडेलले २० हजार, विशाखा दर्नालले २५ हजार र सिर्जना केसीले ७ हजार प्राप्त गरेका छन्। साउर्थन युनिभरसिटी अमेरिकामा नाम निकाल्न सफल पोखरा १९ घार्मीका सन्तोष जिसीलाई पनि बधाई सहित सम्मान गरिएको छ । कार्यक्रममा वोल्दै वडाध्यक्ष तिमिल्सीनाले मेधावी विद्यार्थीकै कारण विद्यालय र यस क्षेत्रकै गौरव बढेको वताउँदै प्रशंशा गर्नुभयो ।

कार्यक्रमको संचालन सहायक प्रधानाध्यापक राम वहादुर वानियाँले गर्नुभएको थियो । सामुदायिक विद्यालयमा देशभर उत्कृष्ट प्रथम हुन सफल विद्यालयमा उच्च शिक्षा तर्फ विज्ञान र व्यवस्थापन संकायमा पढाई हुदै आएको छ ।