२०८३ श्रावण २८ , बिहिवार

ह्वावेद्वारा २४÷७ नेटवर्क आश्वासन र जाजरकोटका भूकम्प पीडितहरूलाई मानवीय सहायता

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।
एक जिम्मेवार कर्पोरेट संस्थाको रूपमा, ह्वावेले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र डिजिटल एम्पावरमेन्ट सोसाइटीसँग मिलेर जाजरकोट र रुकुमका भूकम्प पीडितहरूलाई राहत सामग्रीको रूप मापाल, कम्बल, स्लीपिङ झोला जस्ता आवश्यक सामग्रीहरू उपलब्ध गराएको छ ।

ह्वावे नेपालका सीईओ ह्वाङ जुन, पीआर निर्देशक झाङ लिआङ र डिजिटल एम्पावरमेन्ट सोसाइटीको उपस्थितिमा मन्त्रालयको कार्यालय सिंहदरबारमा मन्त्री रेखाशर्मालाई राहत सामग्री हस्तान्तरण गरिएको हो ।ह्वावेले यी राहत सामग्रीहरू विपद्बाट प्रभावितहरूलाई तत्काल सहायता र सान्त्वना प्रदान गर्न, उनीहरूको आधारभूत आवश्यकताहरू सम्बोधन गर्न र चुनौतीपूर्ण समयमा केही राहत प्रदान गर्न महत्त्वपूर्ण रहेको विश्वास लिएको छ ।
ह्वावे नेपालले संकटको समयमा सञ्चारको महत्वपूर्ण भूमिका बुझेको छ । भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार साइटहरू कायम राख्न २४÷७ नेटवर्क सेवा प्रदान गर्न ह्वावे समर्पित रहेको बताएको छ ।

ह्वावेले तुरुन्त भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार सेवालाई निरन्तर सुचारु अवस्थामा राख्नआफ्नो प्राविधिक टिमलाई स्ट्यान्ड बाइ राखेको जनाएको छ ।राहत सामग्री हस्तान्तरणपछि ह्वावे नेपालका सीईओ ह्वाङ जुनले भने– ’मप्रभावित क्षेत्रका दिवंगतआत्माहरूप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छु र सञ्चार पूर्वाधारहरू सञ्चालनमा रहन, उद्धार र राहतको समन्वयलाई सहज बनाउन ह्वावे नेपालबाट निरन्तर सहयोगको आश्वासन दिन चाहन्छु । हामी नेपालकालागि नेपालमा छौं ।’ह्वावेले प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रहरूमा तत्काल राहत सामग्री उपलब्ध गराउन सधैं अग्रगामी भूमिका खेलेको छ ।

सो अवसरमा सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखाशर्माले भनिन्– ’हामी नेपालको दूरसञ्चार क्षेत्रमा हुवावेले गरेको योगदानको कदर गर्छौं र यस विनाशकारी अवधिमा गरेका प्रयासहरूको कदर गर्छौं ।’
नेपालको जाजरकोटमा राहतकार्यमा सहयोग गर्ने ह्वावेको प्रतिबद्धता कम्पनीको मूल्यमान्यता र यसले सेवागर्ने समुदायहरूमा सकारात्मक प्रभाव पार्ने समर्पणको प्रमाण हो ।ह्वावेले यस कठिन समयमा नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको र पुनःनिर्माणको लागि सहयोग प्रदानगर्न प्रतिबद्ध रहेको स्पष्ट गरेको छ ।

साथै ह्वावेले प्राविधिक सहयोग, पूर्वाधार मर्मतसम्भार र प्रत्यक्ष राहत प्रयासहरू सहित एक जिम्मेवार कर्पोरेट र भूकम्पपछिको राहततथा उद्धारको अभियानमा नेपालको भरपर्दो साझेदार बन्ने प्रतिबद्धता व्यक्त गरको छ ।