
सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय समाचार समितिको बोर्ड सञ्चालक सदस्यमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव विजय भूर्तेल नियुक्त हुनुभएको छ ।
मन्त्रालयको यही मङ्सिर १० गतेको निर्णयअनुसार रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका-१३ का भूर्तेललाई राष्ट्रिय समाचार समिति ऐन, २०१९ को दफा ८ को उपदफा (१) (ग) बमोजिम समितिको सञ्चालकहरुको बोर्ड सदस्यमा नियुक्त गरिएको हो ।रासस