
सुनाखरी न्युज/ काठमाडौं।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले स्थानीय तहले प्रत्येक वर्ष विकासको मार्गचित्र सार्वजनिक गर्नुपर्ने बताउनुभएको छ ।
सामान्य प्रशासन मन्त्रालय र कोशी प्रदेश मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित ‘स्थानीय तहहरुको असल अभ्यास’ कार्यक्रममा सामान्य प्रशासनमन्त्रीले जनताका विकासका चाहना पूरा गर्न ठोस योजना बनाएर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहलाई नमूनाका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त सङ्घीयतालाई कार्यान्वयन गर्नेतर्फ सबै राजनीतिक दल लाग्नुपर्नेमा जोड दिनुभयो ।विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सङ्घीय सरकारबाट बजेट वितरणमा भेदभाव भएको गुनासो गर्नुभयो ।कार्यकक्रममा प्रदेशका १४ जिल्लाका स्थानीय तहका प्रमुखको उपस्थिति छ ।रासस