२०८३ श्रावण २८ , बिहिवार

कवि प्रेम राईको मनको रहर सार्वजनिक

405372317_1549032969183965_7641653184244150842_n

सुनाखरी न्युज/ काठमाडौं । कवि तथा वरिष्ठ गीतकार ‘प्रेम राई परिक्षित’ जो काठमाडौ प्याब्सनका अध्यक्ष एवम् धापासी स्थित इडेन बृज एकेडेमीका प्राचार्य हुनुहुन्छ, को मेरो रहर मनैमा बोलको गीति एल्बमको एक भव्य एवम् सभ्य समारोह गरी सम्पन्न भयो ।

 

राष्ट्रिय गानका रचयिता व्याकुल माइला उर्फ प्रदीप कुमार राईको प्रमुख आथित्यमा आयोजोत उक्त कार्यक्रमका अन्य अतिथि वक्तहरूमा कवि उत्तम विचार भेटुवाल, जसले गीतकार राई सिङ्गो सगरमाथा भएको र आफू केवल एउटा थुम्कोले उहाँका बारेमा अभिव्यक्ती दिएर होच्याउन नचाएको बताउनु भएको थियो । अर्का विशिष्ट अतिथि वरिष्ठ सङ्गीतकार शान्तिराम राइले बडो रोचक एवम् घोचक पारामा कवि परिक्षितको वहुआयामिक व्यक्तिवका बारेमा प्रष्ट पार्नु भएको थियो ।

धापासीस्थित इडेन बृज एकेडेमीको सभाहलमा आफ्ना विद्यार्थीलाई साक्षी राखेर गरिएको कार्यक्रममा कवि परिक्षितले अधिकाम्स अभिभावकहरूको आफ्ना बालबालिकाहरू डाक्टर इन्जिनियर बनून् भन्ने चाहानाको जवाफ स्वरुप उनीहरुको मनको रहर पनि मर्न दिनु नहुने आशयको प्रतीकात्मक रुपमा यो गीत रचिएको बताउँदै सहभागीले सबैलाई धन्यवाद दिनु भएको थियो । काठमाडौ प्याब्सनका उपाध्यक्षले शुभकामना मन्तव्य राख्नु भएको उक्त गीतको साङ्गित पाटो अजय अधिकारी सुशीलले हेर्नू भएको छ । उक्त कार्यक्रमक्क सहजीकरण बडो रसिक किसिमले कवि राजबाबु श्रेष्ठ सागरले गर्नु भएको थियो । भिडियो आइसकृम इन्टरटेन्मेन्टले यु ट्युब मार्फत बजारमा ल्याएको छ । समाचार सौजन्य : उत्तम विचार ।