२०८१ बैशाख २६ , बुधवार

गिडिदह प्रबर्द्धनका लाग पदमार्ग

Capture

सुनाखरी न्युज / काठमाडौं ।
जुम्लाको तातोपानी गाउँपालिका–४ मा रहेको ताल गिडिदह प्रबद्र्धनका लाग पदमार्ग निर्माण गरिएको छ । गिडीदहमा पर्यटक बढाउने उद्देश्यले पदमार्ग निर्माणदेखि दहको सौन्दर्य र महत्वबारे थप प्रचारप्रसार सुरु गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाइँले बताउनुभयो ।

अप्ठ्यारो बाटो, उचित बासस्थानको अभावलगायतले गिडीदहमा पर्यटक जान कठिन छ । यहाँका सुन्दर पाटन, भेडीखर्क, तालतलैया, जडीबुटी र फूलको अवलोकनका लागि पर्यटक आकर्षित गर्न सकिन्छ । दहसम्म पुग्नका लागि पर्यटकीय पदमार्ग बनाउन सुरु गरिएको हो ।

पर्यटनमार्फत आर्थिक रूपमा समृद्ध बनाउने लक्ष्यसहित काम अघि बढाइएको वडाध्यक्ष अमर रोकायाको भनाइ छ । समुद्रि सतहदेखि तीन हजार ४८२ मिटर उचाइमा अबस्थित गिडिदहमा दुईवटा दह (ताल) छन् ।

“गिडीदहसम्म पुग्न बाटो ठूलो समस्या हो । त्यसपछि खान र बस्नको पनि समस्या छ”, अडाध्यक्ष रोकायाले भन्नुभयो । गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत तातोपानीका पर्यटकीय क्षेत्रलाई प्रबद्र्धन गर्ने नीति लिएको थियो । रासस