२०८१ जेठ ४ , शुक्रवार

अर्थतन्त्र चलायमान बनाउने बिषयमा सिंहदरबारमा सरकार र निजी क्षेत्रबीच छलफल

prachanda-and-niji-kshetra-chhalfal-1024×451

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा अर्थतन्त्र चलायमान बनाउनेबारे निजी क्षेत्रका प्रतिनिधिसहितको छलफल सिहंदरबारमा सुरु भएको छ ।

समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउन सुझाव, सल्लाहसहित थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले निजी क्षेत्रसँग छलफल आयोजना गरेको हो ।

 

 

मंगलबारको बैठकमा आन्तरिक संरचनामा के उपलब्धि भयो, वर्तमान समस्या र चुनौती तथा आगामी कार्यदिशा के लिएर अगाडि बढ्दैछौं भन्ने विषयमा निजी क्षेत्रको पनि सुझाव लिने योजना रहेको अर्थमन्त्री डा. प्रकाश शरण महतले बताएका छन् ।

देशको वर्तमान अर्थतन्त्रबारे छलफल गर्न सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको थियो ।