२०८१ जेठ ४ , शुक्रवार

साइकल यात्रा गर्दै साइकल सिटी भैरहवाकाे टाेली पाेखरामा

Capture

देबिका तामाङ/ पोखरा । `सामुदायिक हाेमस्टे, हाम्रो संस्कार र परम्परा´ भन्ने नाराका साथ चाैथाे संस्करण अन्तर्गत साइकल सिटी भैरहवाकाे टाेली शनिबार पाेखरा आइपुगेकाे छ ।

यस बर्ष बिशेष गरी मगर र गुरूङ हाेमस्टेसँगै पर्यटकीय नगरी पाेखराकाे प्रचारप्रसार गर्ने उद्देश्यका साथ १४ जनाकाे टाेली भाइटिकाकाे भाेलीपल्ट कार्तिक ३० गतेदेखि रूपन्देही सिद्धार्थनगरबाट साईकल यात्रामा हिडेकाे साइकल सिटी भैरहवाका अध्यक्ष सुर्य कुमार सारू मगरले जानकारी दिनुभयाे ।

हरेक बर्ष तिन दिन भाईटिकाकाे भाेलिबाट साइकलद्वारा आन्तरिक एवं साइकल पर्यटककाे सँगै स्थानीय उव्जनीहरूकाे प्रचारप्रसार गर्दै आएकाे उहाँकाे भनाइ थियाे ।

यस टाेली साइकल यात्रा गर्दै वालिङमा रहेकाे मगर जातीकाे बाझकाेट हाेमस्टे, स्याङ्जामा रहेकाे गुरूङ जातीकाे सिरूवारी हाेमस्टे हुँदै अहिले पाेखराकाे लेकसाइडमा अवस्थित हाेटल निवासमा आइपुगेकाेे सारूमगरलेे बताउनुभयाेे ।

हाेटल निवासका संचालक डिल्लीराज पाण्डेले विभिन्न पेशा व्यवसायमा आवद्ध रहेकाे यस टाेलिले नेपालकाे पर्यटन क्षेत्रकाे प्रचारप्रसारमा देखाएकाे चासाे निकै सकरात्मक रहेकाे बताउदै पाेखरामा उहाँहरूलाइ स्वागत गर्न पाउँदा खुसी लागेकाे बताउनुभयाे ।

साइकल सिटी भैरहवाले यसअघि अर्घाखाँचीकाे सुपादेउराली, पाल्पाकाे रानीमहल र व्यास नगरपालिकाकाे मानुङकाेट पनि साइकलबाटै यात्रा गरिसकेका छन् ।