२०८३ श्रावण २८ , बिहिवार

एभरेस्ट एफएमले मंसिर ९ गते शनिवार रक्तदान कार्यक्रम गर्ने

Capture

सुनाखरी न्युज/ काठमाडौं। पोखरा । पोखरा बाट प्रशारणहुने एभरेस्ट एफएम ९३ मेगाहर्जले यहिमंसिर ९ गते शनिबार रक्तदानकार्यत्रमगर्ने भएको छ । एभरेस्ट मिडियाहाउस प्रालिद्वारा सञ्चालितएभरेस्ट एफएमले आफ्नो वार्षिकोत्सवको अवसर पारेर रक्तदानकार्यक्रमगर्न लागेको हो ।

बडादशैं, तिहार, नेपाल सम्वत र छठ पर्वकाकारणअन्य संघसंस्थाले नियमित रक्तदाननगर्दा पोखरामा रगतको अभावभइरहेको परिस्थितिलाई मध्यनजर गर्दै रक्तदानकार्यक्रमगर्न लागेको रेडियोले जनाएको छ ।

‘नियमित रक्तदान गरौं, जीवनबचाउने अभियानमा सहभागीबनौं’ भन्ने मूलनाराका साथ रक्तदानकार्यक्रमगर्न लागिएको एभरेस्ट एफएमतथाएभरेस्ट आवाजका सम्पादकदीपेन्द्र श्रेष्ठले जानकारी दिए । रक्तदानकार्यक्रम रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमाहुने उनले बताए । ‘एफएमले आफ्नो वार्षिक तालिकाअनुसारै रक्तदानकार्यक्रमगर्न लागेको हो । चाडपर्वकाकारणनियमित रक्तदानकार्यक्रमनहुँदाहुनसक्ने रगतको अभावपूर्ती गर्नपनि यो कार्यक्रम सहयोगीहुनेछ भन्ने हाम्रो विश्वास हो’–उनले भने ।

रक्तदानकार्यक्रमको तयारी शुरु भएको रेडियोले जनाएको छ । रेडियोले ‘म त रक्तगानगर्दैछु, तपाईं नि?भन्ने नारासहित रक्तदानकार्यक्रमको क्याम्पेनिङपनि शुरु गरिसकेको सम्पादकश्रेष्ठले बताए ।

यसअघि रेडियोले अघिल्लो वर्ष गरेको आकस्मिक रक्तदानकार्यक्रममा १५१ युनिट रगत संकलन गरेर गण्डकीप्रदेशकै सर्बाधिक रगत संकलकको रुपमा पुरस्कृत भएको थियो भने पहिलो वर्ष गरेको रक्तदानकार्यक्रममा १८८ युनिट रगत संकलन गरेको थियो ।

एभरेस्ट मिडियाहाउसले एभरेस्ट एफएम ९३ मेगाहर्ज र एभरेस्ट आवाजडटकम सञ्चालनगर्दै आएको छ ।