२०८१ जेठ ६ , आइतवार

झापा र भोजपुरबाट २० जुवाडे पक्राउ

arrested

सुनाखरी न्युज /  काठमाडौं ।

झापा र भोजपुरबाट २० जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले बिहीबार राति र शुक्रवार बिहान गरेको अप्रेसनमार्फत २० जुवाडेलाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय दमक र गौरादहबाट खटिएको टोलीले ४७ वर्षीय टंक बरालसहितका १५ जनालाई शुक्रबार बिहान पक्राउ गरेको हो ।

 

उनीहरूबाट नगद १ लाख ३५ हजार ९ सय २० रूपैयाँ, कौडा १६ थान र ३ बुक तास बरामद भएको प्रहरीले बताएको छ ।त्यस्तै बिहीबार राति भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पान्धारे बजारस्थित सम्झना होटेलमा जुवातास खेलिरहेका ५ जना पक्राउ परेका छन् । ।

 

प्रहरी चौकी पान्धारेबाट खटिएको प्रहरीले होटेल सञ्चालक सोही ठाउँ बस्ने ३६ वर्षीय राजकुमार तामाङसमेत ५ जनालाई पक्राउ गरेको हो । उनीहरूबाट नगद १३ हजार ४० रुपैयाँ र १ बुक तास बरामद भएको छ ।