२०८१ बैशाख २० , बिहिवार

इन्जिनियरिङ अध्ययन गर्न चाहने विद्यार्थीलाई नेकमा भर्ना हुन पुनः अवसर

Capture

सुनाखरी न्युज/ काठमाडौं। नेपालकै उत्कृष्ट इन्जिनियरिङ कलेजका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक)ले विद्यार्थीको चाहनालाई ध्यानमा राखि आगामी शैक्षिक सत्रको भर्ना अवधि थप गरेको छ । कलेजले १२ कक्षा पास गरेका विद्यार्थीहरूलाई इन्जिनियरिङका विभिन्न विषयहरूमा अध्ययन गर्न मौका प्रदान गर्न भर्ना अवधि थप गरेको थियो ।

कलेजले गत भदौमा पहिलो प्रवेश परीक्षा सञ्चालन गर्दा नै विद्यार्थीहरूको आकर्षण थियो । अन्यत्र इन्जिनियरिङ कलेजहरूले सिट संख्याअनुसार विद्यार्थी नपाउँदा नेकमा भने भर्ना हुन चाहने विद्यार्थीको लस्कर थियो । केही विषयहरूमा सिट खाली रहेका कारण पुनः प्रवेश परीक्षा चलाउँदै विद्यार्थीहरूलाई भर्ना हुने अवसर दिइएको कलेजका कार्यवाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले जानकारी दिए । भर्ना हुन योग्यता पुगेका विद्यार्थीका लागि आउँदो मंसिर ८ गते प्रवेश परीक्षा तोकिएको छ ।

कलेजले स्नातक तहमा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, कम्प्युटर, सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रुरल, आर्किटेक्चर तथा सिभिल फर डिप्लोमा होल्डर्सका लागि प्रवेश परीक्षा तोकेको हो ।

दिनभर काम गर्ने बेलुका पढ्ने

नेपाल इन्जिनियरिङ कलेजले सञ्चालन गरेको ब्याचलर फर डिप्लोमा सिभिल इन्जिनियरिङ अत्यन्त महत्वपूर्ण कोर्ष हो । नेपालमै पहिलो पटक डिप्लोमा गरेर जागिर खाइरहेकाहरूले लागि नेकले सञ्चालनमा ल्याएको साढे चार वर्षको यो कोर्ष खासगरी दिनभर जागिर गर्ने डिप्लोमा होल्डरहरूकै लागि तयार पारिएको हो ।

सिटिइभिटीबाट डिप्लोमा गरी सरकारी वा अन्य क्षेत्रमा काम गरिरहेकाहरूले विश्वविद्यालयको डिग्री हासिल गर्ने हो भने यो कोर्ष अध्ययन गर्न सक्छन् । कलेजले विभिन्न विधामा छात्रवृत्ति पनि दिएको छ । साथै, यो कोर्ष अध्यापन गराएको सिल्भर जुब्लीको अवसरमा छुट समेत दिइरहेको नेकका विडिएच कार्यक्रम प्रमुख निश्वान ढकालले जानकारी दिए ।

आकर्षक छात्रवृत्ति

उल्लेखित विषयमा भर्ना हुन चाहने विद्यार्थीलाई आकर्षक छात्रवृत्ति समेत दिइएको छ । यसै प्रवेश परीक्षामा कलेजले दिने प्रादेशिक छात्रवृत्तिको समावेश छ । कलेजले विषय अनुसार १० देखि ५० प्रतिशतसम्म शुल्क छुट गरेको जनाएको छ । ‘मंसिर ८ गते प्रादेशिक छात्रवृत्तिसहित दोश्रो प्रवेश परीक्षा छ, विज्ञान विषय लिएर १२ कक्षा पास गरेका विद्यार्थीहरूले सहभागिता जनाउन सक्नुहुन्छ ।’ नेकका मिडिया रिलेसन अफिसर सुनिल ख्याजूले बताए ।

अन्तराष्ट्रिय रूपमा एक्सपोज हुने मौका

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा इन्जिनियरिङ अध्ययन गर्दा विद्यार्थीहरूले अन्तराष्ट्रिय स्तरमै एक्सपोज हुने मौका पाउने कार्यवाहक प्राचार्य भण्डारीले बताए । ‘हामीले युरोपका विभिन्न विश्वविद्यालय र जापानको प्रतिष्ठित संस्थासँग सहकार्य गरेका छौं । वर्षेनी यहाँका उत्कृष्ट विद्यार्थीहरूले त्यहाँ गएर अध्ययन गर्न पाउँछन् ।’ कार्यवाहक प्राचार्य भण्डारी भन्छन् ।

पूर्णकालीन प्राध्यापकहरूको ब्यवस्था

शहरी कोलाहलबाट टाढा शान्त तथा हरियाली वातावरणमा अवस्थित कलेजमा पूर्णकालीन शिक्षकहरू रहेकाले विद्यार्थीले शिक्षकसँग विषयगत विषयमा जुनसुकै समयमा जिज्ञासा राख्ने, सल्लाह लिने गर्न पाउनु कलेजको विशेषता हो । यहाँ ९० प्रतिशत बढी शिक्षकहरू पूर्णकालीन रहेकाे कलेजका कार्यवाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले जानकारी दिए । ‘विद्यार्थीले चाहेका बेला आफ्ना शिक्षकसँग पढाईका जुनसुकै विषयहरू कुनैपनि बेला सोध्न सक्ने, नजानेको विषयमा अन्तरकृया, छलफल गर्न सक्ने वातावरण हाेस् भनेर हामीले सबै विषयमा पूर्णकालीन शिक्षकहरूको ब्यवस्था गरेका छौं । मलाई लाग्छ, सायदै नेपालका अन्य कलेजहरूमा याे ब्यवस्था गर्न सकेका छन् ।’ कार्यवाहक प्राचार्य भण्डारीले भने ।

एआइ,आइओटी, मसिन लर्निङयुक्त काेर्षहरू

हाल शिक्षा मन्त्रालयद्वारा गठित नेपाल इन्जिनियरिङ कलेज सञ्चालन समितिद्वारा सञ्चालित यस कलेजमा पाठ्यक्रम अनुसार उत्कृष्ट प्रयोगात्मक शिक्षण विधिबाट पढाई हुने गर्दछ । विषयगत प्रयोगात्मक शिक्षण सामग्री, सन्दर्भ श्रोत, आधुनिक पुस्तकालय कलेजका थप विशेषता हुन् । पाेखरा विश्वविद्यालयले भर्खरै मात्र आफ्ना सबै काेर्षहरू समय सापेक्ष परिमार्जन गरेकाले यहाँ अध्ययन गर्ने विद्यार्थीहरूले कम्प्युटर इन्जिनियरिङ र आइटीसँग सम्बन्धित काेर्षहरूमा पछिल्लो समय विकसित एआइ, आइओटी, मसिन लर्निङ जस्ता विषयहरू इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा पढ्न पाउँछन् ।

नेपाल इन्जिनियरिङ काउन्सिलले २०६१ सालदेखि लगातार यस कलेजलाई स्थायी प्रमाणपत्र दिएकाले पनि यो कलेजको प्राज्ञिक क्षमता अब्बल रहेको प्रमाणित हुने कलेजको दावी छ । काउन्सिलले हरेक वर्ष इन्जिनियरिङ कलेजहरूको भौतिक रुपमा शैक्षिक, आर्थिक, प्रशासनिक तथा पूर्वाधारहरूको अनुगमन गरी स्थायी/अस्थायी प्रमाणपत्र दिने गरेको छ । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा नेपाल इन्जिनियरिङ कलेजले मात्र स्थायी अनुमति प्राप्त गरेको छ ।