२०८१ जेठ ४ , शुक्रवार

नेपालका अधिकांश इन्टरनेट सेवामा समस्या

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकको सेवामा समस्या देखिएको छ ।ठूला इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक, सुबिसु,भायनेट लगायतमा बिहीबार दिउँसोदेखि समस्या आएको हो।

इन्टरनेट सेवामा समस्या आएको वर्ल्ड लिंकका प्रमुख कार्यकारी अधिकृतकेशव नेपालले बताए ।उनले भने, ‘इन्टरनेट सेवा एयरटेलले काटिदिएको छ। हामीले यसबारेमा थप पुष्टि गर्दैछौं ।’

‘अहिले इन्टरनेट ब्याण्डविथको १२ महिनाको करिब ३ अर्ब रुपैयाँ भारतीय कम्पनी एयरटेललाई पठाउन सकिएको छैन। उताबाट पैसा किन नपठाएको भन्‍दै पत्र आइसकेको छ’, उनले भनेका थिए, ‘तर, ब्याण्डविथको खरिद गर्दा तिर्नुपर्ने पैसाको सिफारिस नदिँदा जतिबेला पनि इन्टरनेट बन्द हुन सक्छ।’

यसअघि इन्टरनेट सेवा प्रदायक संघले जतिबेला पनि इन्टरनेट सेवा काटिन सक्ने चेतावनी दिएको थियो।