२०८१ जेठ ६ , आइतवार

ल्यापटप चोरेको आरोपमा सशस्त्रका असई पक्राउ

arrested

सुनाखरी न्युज /  काठमाडौँ ।

ल्यापटप चोरी गरेको आरोपमा प्रहरीले कैलालीको धनगढीबाट सशस्त्र प्रहरी बलमा कार्यरत असईलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका- ३ घर भएका असई रमेश भण्डारीलाई अस्पतालको ल्यापटप चोरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ।

 

प्रहरी नायब उपरीक्षक कुलदीप चन्दका अनुसार, पक्राउ परेका भण्डारीविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाइएको छ ।

 

अस्पतालबाट ल्यापटप चोरेको सिसिटिभी फुटेजमा देखिएको छ । असई भण्डारी पोखराको लामापाटनस्थित तालिम गरिरहेका छन् । उनी बिदा लिएर धनगढी पुगेका हुन् ।