२०८१ जेठ ६ , आइतवार

ल्यापटप चोरेको आरोपमा एकजना पक्राउ

arrestad 3

प्रदिप न्यौपाने / धनगढी । धनगढी उपमहानगरपालिकास्थित स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनगढी-३ घर भएका रमेश भण्डारी रहेका छन्। उनी सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कुलदिप चन्दले बताए। पक्राउ परेका भण्डारीविरुद्ध मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको उनले बताए।

स्रोतका अनुसार रमेश भण्डारीको जागिर नै जाने हिसाबले मुद्दा चलिरहेको छ। सशस्त्र प्रहरी स्रोतका अनुसार दार्चुलामा कार्यरत रहेका उनी चोरीको बेला पोखरा ट्रेनिङको लागि पठाइएका थिए।