
सुनाखरी न्युज/ काठमाडौं ।नेपाली कांग्रेसका केन्द्रिय नेता , निबर्तमान केन्द्रिय सदस्य एबं महासमिति सदस्य किरण गिरीले टिकटक बन्द गर्ने बारेको अलोकतान्त्रिक र निरंकुश निर्णय फिर्ता लिन आग्रह गर्नु भएको छ ।
हिजो राति नै आफ्नो सामाजिक सञ्जाल बाट प्रतिक्रिया सार्बजनिक गर्दै कांग्रेस केन्द्रिय नेता किरण गिरी भन्नुहुन्छ –
टिकटक बन्द गर्नु सरकारको अलोकतान्त्रिक निर्णय हो । नियमन गर्नु सरकारको दायित्व र अधिकार हो । कुनै पनि क्षेत्रमा समस्या आउदैमा ” बन्द ” गर्नु त्यसको समाधान होइन । सूचना र प्रबिधिमा पहुँच राख्नु र त्यसको प्रयोग गर्न पाउनु नागरिक को अधिकार र स्वतन्त्रता हो ।
सदा लोकतन्त्र र नागरिक अधिकार एबं स्वतन्त्रताको हिमायती पार्टी नेपाली कांग्रेसको केन्द्रिय तहको जिम्मेवार एउटा सिपाही भएको कारणले म सरकार लाई यो निर्णय अबिलम्ब फिर्ता लिन आग्रह गर्दछु ।
आज टिकटक , भोलि फेसबुक टुइटर लगायत सामाजिक सञ्जाल , पर्सि मिडिया अनि बिस्तारै नेपाल को संबिधान ले प्रत्याभूत गरेका नागरिकका मौलिक हक बिचार तथा अभिव्यक्ति स्वतन्त्रता बन्द गर्दै , स्वस्थ आलोचना तथा विपक्ष बिचार र धारणा लाई दबाउदै जान खोजेको हो भने मुलुक ” प्रचण्ड पथको अधिनायकवाद ” जान सक्दैन भन्नुहुदै कांग्रेस नेताले गिरी भन्नुहुन्छ –
फेरि पनि म आग्रह गर्दछु , सरकारले यो निर्णय अबिलम्ब फिर्ता गरोस ।