२०८१ जेठ ६ , आइतवार

पटाका विस्फोट रोक्न कैलाली प्रहरीको कडा निग्रानी

Capture

प्रदिप न्यौपाने / धनगढी । कैलाली प्रहरीले पटाका विस्फोटक पदार्थको प्रयोग नगर्न आग्रह गरेको छ ।त्यसै गरी जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोली पटाका विस्फोट रोक्न कडा नीग्रानी गरेको बताएको छ।

यस्ता विस्फोटक पदार्थको प्रयोगबाट आगलागीलगायत दुर्घटनाको जोखिम हुन सक्ने, चोटपटक लाग्न सक्ने र मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै प्रहरीले सचेत पनि गराएको छ ।

प्रहरीले यस किसिमका विस्फोटक पदार्थको प्रयोग, उत्पादन, आयात, निर्यात, बिक्री–वितरण र ओसारपसार नगर्न आग्रह गरेको छ । त्यसो गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ ।

रासस