२०८३ श्रावण २७ , बुधवार

गणतन्त्र को विकल्प समुन्नत गणतन्त्र मात्रै हो

kiran giri

किरण गिरी । आज केहि भएन भन्नु भन्दापनी चाहेजते पर्याप्त हुन सकेन भन्नु उपयुक्त होला । गणतन्त्र को डेढ दशक र संबिधान निर्माणका झण्डै एक दशक भ्रष्टाचार नियन्त्रणमा र सुशासन दिनमा हामी चुकेकै हौ ।

 

देशमा राजनीतिक स्वतन्त्रता , शान्ति र भौतिक पुर्बाधार निर्माणमा हामीले उल्लेख्य उपलब्धि हासिल गरेका नै छौ । १५ बर्ष अगाडिको आर्थिक , सामाजिक सूचकांक र आजको नेपाल को बिकास को अबस्थामा आएको सकारात्मक एबं उपलब्धि लाई हेर्ने हो भने नेपाल उन्नति को बाटो अगाडि बढेको पाइन्छ । जनता को चाहना र भावना अनुसार पर्याप्त त चाहिँ होइन । आज प्रमुख राजनीतिक दल जो संबिधान र परिबर्तन संघीय लोकतान्त्रिक गणतन्त्र प्रति प्रतिबद्ध छन तिनका केन्द्रिय नेताहरुले आ – आफ्नो गल्ती कमजोरी सच्यादै आ – आफ्नो जिम्मेवारी हेरफेर तथा परिवर्तन गरेर भए पनि मुलुक र जनता प्रति इमानदार भएर अगाडि बढ्नु जरुरी छ । राजनीति उपलब्धि र स्वतन्त्रता लाई सुदृढ गर्दै नेपाल र नेपाली जनता लाई समुन्नत बनाउनु हामी सबै राजनीतिक दलका नेता , कार्यकर्ता को प्रमुख दायित्व हो।

आन्दोलन र गणतन्त्रबाट जनता सार्बभौमसत्ता सम्पन्न भएका हुन :-

इतिहासको पाना नियाल्दा राजतन्त्र को अन्त्य र पुर्ण लोकतन्त्र ( गणतन्त्र ) को स्थापना गर्नु नै
नेपालका राजनीतिक दल हरु ले सम्पन्न गरेको
दोस्रो ऐतिहासिक जन आन्दोलन को
लक्ष र उध्येश्य देखिन्छ ।
सात राजनीतिक दल र नेकपा माओवादी बिच भएको
यही यथार्थ धरातलमा
६२/६३ को आन्दोलन सफल भयो ।
२/२ पटक संबिधान सभाको निर्वाचन सम्पन्न भयो ।
संबिधान सभा बाट ०७२ असोज – ३ गते संबिधान जारी भयो। यही संबिधान अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा ०७४ र ०७९ मा
स्थानीय , प्रदेश सभा र संघीय संसद को निर्वाचन सम्पन्न भयो। यश बिच सुशासन र भ्रष्टाचार नियन्त्रणमा भने सरकार र राजनीतिक दलहरु चुकेकै देखिन्छन । उनीहरुको कार्यशैली मा व्यापक सुधार र परिवर्तन अत्यावश्यक देखिन्छ ।

१२ बुधे समझदारीमा उल्लेखित बाहेक कोहि कसै संग कुनै सम्झौता , सहमति वा समझदारी छ भने प्रष्ट र पारदर्शी रुपमा जनता समक्ष सार्बजनिक हुनु जरुरी छ ।
अब सुशासन , भ्रष्टाचार नियन्त्रण र मुलुकमा समुन्नतिको लागी सरकार र सबै राजनीतिक दलहरु मुलुक र जनता प्रती इमानदार बन्नै पर्दछ , अन्यथा ” मान्छे होस या भगवान , समय सबभन्दा बलवान ” । समयले कहिल्यै र कसैलाई पर्खने छैन ।
राजनीतिक दलका नेता कार्यकर्ता हरु ले अब राम्रो र असल काम मैले गर्ने हो , अहिले गर्ने हो भनेर प्रतिबद्ध हुनु जरुरी छ

गणतन्त्रको विकल्प समुन्नत गणतन्त्र मात्र हो :-
अहिले केहि साथीहरू गणतन्त्र ले काम गर्न सकेन भनेर ….फलानो आउ , देश बचाउ भन्न थालेका छन । यसो भन्ने छुट र स्वतन्त्रता सबैलाई छ । तपाईं हामीलाई त्यो छुट र स्वतन्त्रता यहि गणतन्त्र को संबिधान ले नै दिएको हो ।
२४० बर्ष चलेको राजतन्त्रको पालामा नै लिपुलेख , कालापानी र लिम्पियाधुरामा बिदेशी सेना आएर बसेको होइन र ? उनकै पालामा पोखरामा नमिता , सुमिता को बलात्कार पछि हत्या भएको होइन र ? कलाकार प्रबिण गुरुङ को हत्या उनिहरुकै पालामा उनिहरु बाटै भएको होइन र ? भक्तपुर को भुपतिन्द्र मल्ल को शालिक उनिहरुकै पालामा चोरी भएको होइन र ?
उनिहरु आएर राम्रो हुन्छ भन्नु सब बकबास कुरामात्र हो ।
उनिहरुले आफू र आफ्नै परिवार लाई बचाउन नसकेर – ” नारायणहिटि दरबार हत्या काण्ड ” भएको होइन र ?

हजारौं जनता को योगदान र आन्दोलन बाट आएको संबिधान र गणतन्त्र को विकल्प भनेको समुन्नत गणतन्त्र मात्रै हो । तसर्थ नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन र हुन सक्दैन । मुलुकको बिकास , सुशासन र भ्रष्टाचार नियन्त्रणमा भने सरकार र राजनीतिक दलका नेताहरु भने जिम्मेवारी हेरफेर वा परिबर्तन गरेर भएपनि अब निर्मम रूपमा अगाडि बढ्नु जरुरी छ ।

– किरण गिरी – नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य हुन ।