२०८१ जेठ ६ , आइतवार

५ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस (सूचिसहित)

Home

सुनाखरी न्युज/ काठमाडौं ।

५ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न गृह मन्त्रालयले  सिफारिस गरेको छ ।

बढुवा सिफारिस समितिको शुक्रबार बसेको  बैठकले एसपी वसन्त रजौरे, रविकुमार पौडेल, नविराज राई, वीरबहादुर ओली र चन्द्रदेव राईलाई बढुवा गर्न सिफारिस गरेको हो ।

 

सिफारिसमाथि मन्त्रिपरिषद् बैठकले एक सातापछि निर्णय गर्छ । त्यसअघि सिफारिसमाथि चित्त नबुझे उजुरी दिनसक्ने व्यवस्था छ ।