२०८१ जेठ ५ , शनिवार

वित्तीय विवरण नबुझाउने ८९ सूचीकृत कम्पनी कारवाहीमा

Sebon

सुनाखरी न्युज/ काठमाडौं ।

सयममा वित्तीय विवरण नबुझाउने ८९ कम्पनीलाई नेपाल धितोपत्र बोर्डले कारबाही गरेको छ । सञ्चालक समितिको सोमबार बसेको  बैठकले वित्तीय विवरण नबुझाउने वा ढिलो गरी बुझाएका कम्पनीलाई कारवाही गर्ने निर्णय गर्दै स्पष्टीकरण सोधेको हो ।

 

सूचीकृत कम्पनीहरूले समयमै बोर्डलाई बुझाउनुपर्ने विवरण नबुझाएका कम्पनीलाई कारवाह्ी गर्ने निर्णय भएको बोर्ड अध्यक्ष रमेशकुमार हमालले बताए । वार्षिक वित्तीय विवरण त्रैमाससिक वित्तीय विवरण लगायतका विवरणहरु समयमा नबुझाउने कम्पनीलाई ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्दै स्पष्टीकरण सोध्ने निर्णय भएको उनले बताए ।

 

समयमा आवश्यक विवरण पेश नगर्ने कम्पनीलाई एकैपटक यति ठूलो संख्यामा पहिलो पटक कारवाही भएको समेत अध्यक्ष हमालले दाबी गरे ।

धितोपत्र बोर्डले यसअघि ११ साउनमा एक सूचना प्रकाशित गर्दै समयमा नै वित्तीय विवरण प्रकाशित गर्न आह्वान गर्दै अन्यथा धितोपत्र सम्बन्धी ऐनको दफा १०१ अनुसार कारवाही र जरिवनाना गर्ने चेतावानी दिएको थियो ।