२०८१ बैशाख १९ , बुधवार

सिंहदरबार र त्यस वरपरका क्षेत्रमा शनिबार चार घण्टा विद्युत आपूर्ति बन्द हुने

NEA

सुनाखरी न्युज/ काठमाडौं ।

सिंहदरबार परिसरभित्र र त्यस वरपरका क्षेत्रमा शनिबार बिहान चार घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ ।

सिंहदरबारसम्मको ६६ केभी लाइन स्युचाटारदेखि  मर्मत कार्य गर्नुपर्ने भएकाले शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।