२०८१ बैशाख २५ , मंगलबार

भवनबाट लडेर विद्यार्थी घाइते

OIP

 

सुनाखरी न्युज /  काठमाडौं ।

वीरगन्ज पानीटंकीस्थित वीरगन्ज पब्लिक कलेजका एक छात्र बुधबार बिहान कलेजको तेस्रो तलाबाट लडेर गम्भीर घाइते भएका छन् । कक्षा १२ मा अध्ययनरत बारा विश्रामपुर गाउँपालिका–५ का १८ वर्षीय राजीव महतो घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी कुमारविक्रम थापाले बिहान करिब साढे ७ बजे उक्त घटना भएको बताए ।

 

हाल वीरगन्जस्थित बयोधा अस्पतालमा उपचाररत महतोको हात,खुट्टा र टाउकोमा गम्भीर चोट लागेको डीएसपी थापाले बताए ।