२०८१ बैशाख २५ , मंगलबार

आगलागीमा परी महिलाको मृत्यु

fire 3

 

सुनाखरी न्युज /  काठमाडौं ।

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुरमा आगलागीमा परेर एक जना महिलाको मृत्यु भएको छ। मानेभञ्ज्याङ गाउँपालिका- ७ स्थित हर्कपुरकी ३९ वर्षीया कमला दाहाल गौतमको भान्छाकोठामा जलेर मृत्यु भएको हो ।

 

भान्सा कोठाको चुल्होमा डिजेल प्रयोग गरी आगो बाल्ने क्रममा सोमबार साँझ आगलागी हुँदा ३३ वर्षीया कमला गौतमको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । भान्छाघरको आगो स्थानीय र प्रहरीको सहायतामा नियन्त्रणमा लिइएको थियो । आगो निभाउने क्रममा मृतककी देउरानी २७ वर्षीया जानुका गौतम आगो निभाउने क्रममा बायाँ खुट्टाको केही भाग जलेको छ।

 

घाइतेको उपचार उदयपुरस्थित जनसेवा हेल्थ केयर घुर्मिमा भइरहेको छ।घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी हर्कपुरबाट खटिएको टोलीले स्थानीयको सहयोगमा आगो निभाएको थियो ।