२०८१ बैशाख २५ , मंगलबार

कहीँ नभएको जात्रा हाँडीगाउँमा …

Screenshot 2023-10-29 161805

सुनाखरी न्युज/ काठमाडौं ।
राजधानीको हाँडीगाउँमा जात्रा सम्पन्न भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भनेर उखानमा समेत प्रख्यात यो जात्रामा बनाइएको रथको बनावट अरु रथको भन्दा फरक हुन्छ।

यसरी जात्रा गर्ने प्रचलन अरु ठाउँमा नभएकाल यो जात्रालाई कहीँ नभएको जात्रा समेत भनिएको हो ।जात्रामा खटको गजुर उल्टाइने, देउतालाई माथि राख्ने, रथ उल्टो घुमाउने र मैनको फूल प्रयोग गर्ने गरिन्छ ।

 

यो जात्रामा तीन वटा रथ हुन्छन्, गजुरमुनि र रथमाथि देवता (ईश्वर नारायण) राखिएको हुन्छ। अरू जात्रा गर्ने रथमा माथि गजुर हुन्छ। यो सत्यनारायणको जात्रा हो। यो जात्रा हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट हाँडीगाउँमा हुन्छ।