२०८१ बैशाख २४ , सोमवार

कात्तिक ११ गते शनिबार (भोलि) खण्डग्रास चन्द्रग्रहण

Chandra Grahan

सुनाखरी न्युज/ काठमाडौं ।

यही कात्तिक ११ गते शनिबार (भोलि) खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि नै सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा।डा। देवमणि भट्टराईले जानकारी दिए । राति २ः३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

 

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थहरुमा उल्लेख छ । यो चन्द्रग्रहण २०८० मा लाग्ने एउटै मात्र ग्रहण भएको विकास समितिले जनाएको छ ।

गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । गत वर्ष चन्द्रमास अनुसार कार्तिक कृष्ण औँसीमा सूर्यग्रहण र कार्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो । सूर्यग्रहण औँसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ ।