२०८३ श्रावण २७ , बुधवार

भुराजनितिक चपेटा बाट नेपाल लाई जोगाउन संबिधान पक्षधर राजनीतिक दलहरू बिच संतुलन र न्युनतम साझा कार्यक्रम आबश्यक

Capture

किरण गिरी । सुशासन, भ्रष्टाचार नियन्त्रण , रोजगारीका अबसर शृजना लगायत समुन्नत नेपाल निर्माण गर्न र सम्मानित नेपाली को अवस्था कायम राख्न हामी राजनीति दलका नेता कार्यकर्ता कहिनकही चुकिरहेका छौ ।

नेपालको राजनीतिक र आर्थिक संक्रमणकाल :-
बढ्दो घरेलु उथलपुथलको अवस्थामा नेपालले यस क्षेत्रका भूराजनीतिक चुनौतीहरूलाई कसरी व्यवस्थापन गर्ने ?
सन् १९४० को दशकको अन्त्यदेखि सुरु भएको ८२ भन्दा बढी वर्षको अवधिमा मुलुकले सातवटा संविधानहरू देखेको छ र त्यस बेला देखि कुनै पनि निर्वाचित प्रधानमन्त्रीले आफ्नो कार्यकाल पूरा गर्न सकेका छैनन्। यस सन्दर्भमा, नेपाली जनताले कम्तिमा पनि तीन प्रकारको अस्थिरता देखेको छ: कार्यपालिका, ब्यबस्थापिका र न्यायपालिका । दुई दुई पटक गरिएको संविधान सभाको निर्वाचन त्यस पश्चात २०७२ मा जारी भएको संविधानसभाबाट मस्यौदा बनेको नेपालको पछिल्लो संघिय लोकतांत्रिक गणतन्त्र नेपाल संविधानले केही प्रमुख राजनीतिक मुद्दाहरू त समाधान गरेको देखिन्छ तर आर्थिक विकाससँग सम्बन्धित ठूला प्रश्नहरूलाई अझै सम्बोधन गर्न सकेको छैन ।

आर्थिक रुपान्तरण सम्बन्धी मुद्दाहरू पार्टीभित्र र अन्तरदलीय द्वन्द्वले ओझेलमा परेको देखिन्छ जसले सघिय लोकतान्त्रिक गणतन्त्र नेपालको छविलाई हानि मात्र नभई राजनीतिक प्रणालीमा जनताको विश्वासमा समेत असर पारेको देखिन्छ । त्यसैगरी, पूँजी निर्माणको सम्पूर्ण प्रक्रियालाई अर्थतन्त्र मात्र होइन पार्टी राजनीतिलाई पनि नियन्त्रण गर्ने साना वर्गका प्लोटोक्रेट वा कुलीन वर्गद्वारा एकाधिकार गरिएको देखिन्छ । राजनीतिकलाई सेवा भन्दा पनि मेवा खाने क्षेत्रको रूपमा बढि प्रयोग गरिएको देखिन्छ । त्यस मध्ये बाह्य कारकहरूले पनि घरेलु राजनीतिलाई आकार दिनमा ठूलो भूमिका खेलेका छन् मुख्यतया दुई ठूला ठूला शक्तिहरू: चीन र भारत बीचको देशको ‘स्थान’ र नेपालको अत्यधिक निर्भरताका कारण। विकास र अन्य गतिविधिका लागि बाहिरी विश्वले नेपाललाई अन्तर्राष्ट्रिय राजनीति र नीतिमा आफ्नै आवाज उठाउन नदिने अवस्था सृजना हुँदै गइरहेको हुनाले नेपालमा सफल राजनीतिक र आर्थिक संक्रमणको सन्दर्भलाइ बुझ्नका लागि नेपालको राजनीति, भूराजनीति, अर्थतन्त्र र अन्य कारकहरू बीचको अन्तरसम्बन्धलाई हामीहरूले बुझ्न जरुरि छ।

यतिबेला हामी संबिधान कार्यान्वयन , गणतन्त्रको संस्थागत बिकास , सुशासन र भ्रष्टाचार नियन्त्रण का सबालहरु मा कहिनकही चुकिरहेका छौं । संबिधान र गणतन्त्र बिरोधि हरुको मनोबल बढीरहेको छ । तसर्थ, लोकतान्त्रिक राजनीति र राजनीतिक स्थायित्वको लागी मुख्य लक्ष्य भनेको संविधान कार्यान्वयन हो ।आर्थिक सामाजिक रूपान्तरण र वैदेशिक सम्बन्धलगायत विषयमा “‘न्यूनतम साझा कार्यक्रम ” सहित को दलिय धारणाको स्पष्ट गर्दै अवलम्वन गर्नु पर्ने देखिन्छ ।
किरण गिरी , नेपाली कांग्रेसका निबर्तमान केन्द्रिय सदस्य एबं महासमिति सदस्य हुन ।